युट्युबमा थपिँदै ‘कम्युनिटी नोट्स’ फिचर, कहिले आउँछ? के के छन् विशेषता?

Technology Khabar २५ श्रावण २०८१, शुक्रबार

काठमाडौं ।

टेक जायन्ट कम्पनी अल्फाबेट अन्तर्गतको भिडियो स्ट्रिमिङ प्लेटफर्मा युट्युबले कम्युनिटी नोट्स नामक नयाँ फिचर शुरु गर्ने भएको छ। हाल कम्पनीले केही छानिएका प्रयोगकर्ताको समूहमा यो फिचर रोल आउट गरेको छ।

९टू५ गुगलका अनुसार युट्युबले राखेको स्क्रीनशट हेर्दा उसले नयाँ कम्युनिटी करेक्शन फिचर नोट्सका लागि बनाइएको पाइलट प्रोग्राममा जोडिन प्रयोगकर्ताहरुलाई निमन्त्रणा पठाइरहेको छ।

युट्युबले आफ्नो यो नयाँ कम्युनिटी नोट्स फिचर गत जुन महिनामा घोषणा गरेको थियो। यो नयाँ फिचरले प्रयोगकर्तालाई कुनै पनि भिडयो कन्टेन्टका बारेमा सन्दर्भ वा गलत जानकारीलाई सुधारेर छोटा टिप्पणीहरु थप्न मद्दत गर्छ। यो कम्युनिटी नोट्स फिचर अमेरिकामा राष्ट्रपतीय चुनाव हुनुअगाडि नै सार्वजनिक भइसक्ने बताइएको छ।

समाचारका अनुसार यो फिचर शुरु हुने कुनै निश्चित मिति तोकिएको छैन तर युट्युबले आफ्नो ‘हेल्प’ डाटाबेसमा एउटा सेक्सन थपेर कसरी नोट्स कसरी लेख्ने र अपडेट गर्ने भन्ने निर्देशनहरु राखेको छ।

युट्युबको सपोर्ट पेजका अनुसार यो पाइलट प्रोग्राम तत्कालका लागि अमेरिकामा अंग्रेजी भाषामा मात्र उपलब्ध छ। कम्पनीले यसअघि सहभागीहरुलाई ईमेल वा उनीहरुकै क्रियटर स्टुडियो एकाउन्टमार्फत् यो फिचरका लागि निमन्त्रणा गर्ने बताएको थियो।

आधिकारिक युट्युब ब्लगमा जनाइए अनुसार हाल छानिएका प्रयोगकर्ताको समूहले यो फिचर परीक्षण गरेर सर्वसाधारणमा उपलब्ध गराउनु अगाडि नै कुन नोट्स उक्त भिडियोमा रहेका जानकारी बुझ्न पुरै सहयोगी, अलिअलि सहयोगी वा पुरै असहयोगी छन् भन्ने थाहा पाउन युट्युबलाई प्रतिक्रिया दिनेछन्।

प्रकाशित: २५ श्रावण २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया