गुगल क्रोम झन स्मार्ट बन्दै

  • Technology Khabar | १४ कार्तिक २०८३, शनिबार
गुगल क्रोम झन स्मार्ट बन्दै

काठमाडौं ।

गुगलको वेब ब्राउजर क्रोममा नयाँ अपडेट आउने भएको छ। उक्त अपडेटले कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग मार्फत ब्राउजरको अटोमेटिक फारम भर्ने सुबिधालाई अझ प्रभावकारी बनाउनेछ।

गुगलका अनुसार क्रोममा यस सुविधाको थप एडभान्स भर्जन उपलब्ध गराइने छ। यसले प्रयोगकर्ताको जीमेल अकाउन्टबाट आवश्यक विवरणहरु संकलन गरी अनलाइन फारम भर्न सहयोग गर्नेछ।

यसको अर्थ ब्राउजरले प्रयोगकर्ताका इमेल म्यासेजहरुमा रहेका फ्लाइट पुष्टि नम्बर, सदस्यता नम्बर, ढुवानीको ट्रयाकिङ् जानकारी, अर्डर नम्बर, ठेगाना, फोन नम्बर, तथा क्रेडिट कार्ड जानकारी पहिचान गरी आवश्यक ठाउँमा सुझाव दिन सक्नेछ।

यो अपडेट गुगलको पर्सनल इन्टेलिजेन्स फिचरको विस्तार हो। यस फिचरले प्रयोगकर्तालाई आफ्ना एपहरु जेमिनाई एआई सहायक सँग जोड्न अनुमति दिन्छ। यसको माध्यमबाट प्रयोगकर्ताले निश्चित जानकारी खोज्न तथा जटिल प्रश्नहरुको जवाफ प्राप्त गर्न सक्छन्।

परिवर्तन सामान्य देखिए पनि क्रोमको प्रयोगलाई थप सहज बनाउन सक्ने अपेक्षा गरिएको छ। अब अर्डर नम्बर वा होटल बुकिङसम्बन्धी विवरण खोज्न एउटा ट्याबबाट अर्को ट्याबमा जानुपर्ने झन्झट हट्नेछ। प्रयोगकर्ताले फाराम भर्दाकै समयमा आवश्यक जानकारी प्राप्त गर्न सक्नेछन्।

यो सुविधा एप्पलका डिभाइसहरूमा उपलब्ध सुविधासँग मिल्दोजुल्दो छ।

गोपनीयताका विषयमा गुगलले संवेदनशील विवरणहरू इन्क्रिप्टेड रहने जनाएको छ। प्रयोगकर्ताले क्रोमको सेटिङमा गएर यो उन्नत सुविधा प्रयोग गर्ने वा नगर्ने निर्णय आफैँ गर्न सक्नेछन्।

टेलिग्राफका अनुसार, यो सुविधा हाल अमेरिकामा उपलब्ध गराउन थालिएको छ। कम्प्युटरका साथै आईओएस र एन्ड्रोइड अपरेटिङ सिस्टममा चल्ने उपकरणमा पनि यो सुविधा उपलब्ध हुनेछ। यसको प्रयोग गर्न क्रोममा जेमिनाई सुविधा र‘पर्सनल इन्टेलिजेन्स सक्रिय गरेको हुनुपर्नेछ।

प्रकाशित: १४ कार्तिक २०८३, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

गुगल क्रोम झन स्मार्ट बन्दै

  • Technology Khabar
  • १४ कार्तिक २०८३, शनिबार