ताजा समाचार

देउसीभैलोबाट विद्यालयमा आइटी कक्षा सञ्चालन गर्ने पहल

देउसीभैलोबाट विद्यालयमा आइटी कक्षा सञ्चालन गर्ने पहल
सांकेतिक तस्बिर
Global IME Bank

भोजपुरको अरुण गाउँपालिका–७ सिक्रेटारस्थित सगरमाथा माध्यमिक विद्यालयमा सूचना प्रविधि (आइटी) कक्षा सञ्चालन गर्ने उद्देश्यले देउसीभैलो कार्यक्रममार्फत रकम जम्मा गरिएको छ।

विद्यालयमा प्रविधिमैत्री शिक्षाको विकास गर्दै विद्यार्थीलाई आधुनिक सूचना प्रविधिसम्बन्धी ज्ञान र सीप प्रदान गर्ने लक्ष्यका साथ स्थानीयवासीको सक्रियतामा सामूहिक देउसीभैलो कार्यक्रम सञ्चालन गरिएको हो।

विद्यालयमा आइटी कक्षा सञ्चालनका लागि आवश्यक आर्थिक स्रोत जुटाउन स्थानीयवासी, अभिभावक तथा विभिन्न क्षेत्रका व्यक्तिको सहभागितामा देउसीभैलो कार्यक्रम भइरहेको अरुण गाउँपालिका–७ का वडाध्यक्ष कुमार थापाले बताए।

उनका अनुसार स्थानीय जनसहभागिता र सामूहिक प्रयासबाट विद्यालयको शैक्षिक विकासमा योगदान पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। सोमबारबाट सञ्चालन गरिएको देउसीभैलो कार्यक्रमबाट करिब रु एक लाख रकम जम्मा भइसकेको वडाध्यक्ष थापाले जानकारी दिए।

स्थानीयवासीको उत्साहजनक सहभागिताले विद्यालयमा आइटी कक्षा सञ्चालनका लागि आर्थिक स्रोत जुटाउने काम भइरहेको उनको भनाइ छ। ग्रामीण क्षेत्रका विद्यार्थीलाई सूचना प्रविधिसम्बन्धी शिक्षा प्रदान गर्न आवश्यक वातावरण निर्माण गर्ने लक्ष्यसहित देउसीभैलोबाट रकम जम्मा भइरहेको उनले बताए।

विद्यालयमा आइटी कक्षा सञ्चालन भएपछि विद्यार्थीलाई कम्प्युटर तथा आधुनिक प्रविधिसम्बन्धी आधारभूत ज्ञान हासिल गर्न सहज हुने वडाध्यक्ष थापाले बताए।

वर्तमान समयमा सूचना प्रविधिको महत्व बढ्दै गएको अवस्थामा विद्यालय तहदेखि नै विद्यार्थीलाई प्रविधिसम्बन्धी ज्ञान प्रदान गर्न आवश्यक रहेको बताइन्छ। स्थानीयवासीको जनसहभागितामा सञ्चालन भइरहेको देउसीभैलो कार्यक्रमले विद्यालयको शैक्षिक विकासमा सहयोग पुग्ने स्थानीयवासी टेकबहादुर बस्नेतले बताए।

चाडपर्वका अवसरमा परम्परागत देउसीभैलो संस्कृतिको संरक्षण गर्दै सामुदायिक विद्यालयको विकासका लागि आर्थिक स्रोत जुटाउने अभियान सकारात्मक रहेको छ। स्थानीय अगुवा विमल खड्का, श्रीकुमार राई, लक्ष्मीप्रसाद अधिकारी, टेकबहादुर खड्कालगायतको अगुवाइमा देउसीभैलो कार्यक्रम सञ्चालन भइरहेको छ।

स्थानीयवासीको सामूहिक प्रयासबाट विद्यालयमा प्रविधिमैत्री शैक्षिक वातावरण निर्माण गर्ने लक्ष्य राखिएको छ। रासस
Sajilo Visa
easy care