निर्देशक अम्बर स्थापित दूरसञ्चार प्राधिकरणको उत्कृष्ट कर्मचारी

  • Technology Khabar | २० फाल्गुन २०७६, मंगलवार
निर्देशक अम्बर स्थापित दूरसञ्चार प्राधिकरणको उत्कृष्ट कर्मचारी
नेपाल दूरसंचार प्राधिकरणका निर्देशक अम्बर स्थापितसंचार तथा सूचना प्रविधि मन्त्री डा युवराज खतिवडाबाट पुरस्कार लिँदै ।

काठमाडौं ।

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको २२ औं वार्षिकोत्सवको अवसरमा निर्देशक अम्बर स्थापित वर्षको उत्कृष्ट कर्मचारी घोषित भएका छन् ।

उनलाई यो वर्षको उत्कृष्ट कर्मचारी घोषित गर्दै दूरसंचार प्राधिकरणले प्रशंसापत्र, नगदसहित पुरस्कृत गरेको छ । संचार तथा सूचना प्रविधि मन्त्री डा युवराज खतिवडाले प्राधिकरणको २२ औं वार्षिकोत्सवको अवसरमा उनलाई सो पुरस्कार प्रदान गरे ।

उनले नेपालमै पहिलो पटक गरिएको फ्रिक्वेन्सी अक्सनको क्रममा अक्सन एडमिनिस्ट्रेटरको जिम्मेबारीमा महत्वपुर्ण भुमिका निर्वाह गरेको कारण सम्मानित गरिएको जानकारी दिईयो।

प्राधिकरणमा विगत २१ वर्षदेखि कार्यरत स्थापितले प्राधिकरण कर्मचारीहरुको सेवाको शर्तसम्बन्धि विनियमावली २०७६ को विनियम १७८ अनुसार प्रशंसापत्र, नगद र तीन ग्रेड थपसहित पुरस्कार पाए।

प्रकाशित: २० फाल्गुन २०७६, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार