एप्पलले आईफोनको मूल्य भारतीय बजारमा ह्यात्तै बढायो, यस्तो छ नयाँ मुल्य

  • Technology Khabar | २० फाल्गुन २०७६, मंगलवार
एप्पलले आईफोनको मूल्य भारतीय बजारमा ह्यात्तै बढायो, यस्तो छ नयाँ मुल्य
आइफोन ११ प्रो

काठमाडौं ।

काठमाडौं । अमेरिकी टेक कम्पनी एप्पलले भारतीय मार्केटमा केहि आईफोन ह्यान्डसेटहरुको मुल्य बढाएको छ । मुल्य बढ्नुको कारण यस वर्षको बजेटमा इम्पोर्ट ड्युटिमा गरिएको परिवर्तनलाई देखाईएको छ । भारतमा बजेट २०२० मा सरकारले बेसिक कस्टम ड्युटिलाई बढाएको हो ।

एप्पलले आईफोन ११ प्रो म्याक्स, आईफोन ११ प्रो र आईफोन ८ को मुल्यमा वृद्धि गरेको हो । अब भारतमा आईफोन ११ प्रो म्याक्सको मुल्य १,११,२०० भारु हुने छ । यो मुल्य ६४ जीबीको लागी हो ।

मुल्य बढ्नु पहिले भारतमा आईफोन ११ प्रो म्याक्सको मुल्य १,०९,००० रहेको थियो । आईफोन प्रो म्याक्सको २५६जीबी भेरियन्टको मुल्य हाल १,२५,२०० भारु तोकिएको छ । यसैको टप मोड्ल ५१२जीबी भेरियन्टको मुल्य अब १,४३,२०० भारु भएको छ ।

आईफोन ११ प्रो को कुरा गर्दा यस भेरियन्टलाई भारतमा हालसम्म ९९,९९० मुल्यमा पाइन्थ्यो भने अब यसको मुल्य १,१०,२० भारु भएको छ । आईफोन ११ प्रो को २५६जीबी भेरियन्टको मुल्य हाल १,१५,२०० भारुमा पुगेको छ । यसै ह्यान्डसेटको ५१२ जीबी भेरियन्टको मुल्य भने हाल १,३३,२०० भारु पुगेको छ ।

भारतमा आईफोन ८ को मुल्यमा पनि वृद्धि भएको छ । भारतमा मुल्य वृद्धि हुनुअघि यस स्मार्टफोनको मुल्य ४९,९०० भारु रहेको थियो भने हाल यो ५०,६०० भारुमा पुगेको छ । यो आईफोन ८ को ६४जीबी भेरियन्टको नयाँ मुल्य हो । त्यस्तै यसको १२८जीबी भेरियन्टको मुल्य बढेर ५५,६०० भारु मा पुगेको छ ।

महत्वपुर्ण कुरा कम्पनीले आईफोन ११, आईफोन एक्सआर, आईफोन एक्सएस, आइफोन ७ जस्ता स्मार्टफोनहरुको मुल्यमा भने वृद्धि गरेको छैन । आईफोन एक्सआर र आईफोन ७ लाई कम्पनीले भारतमा नै एसेम्बल गर्ने भएकाले पनि यसको मुल्यमा वृद्धि नगरिएको हुन सक्ने अनुमान लगाईएको छ ।

एप्पलको यो मुल्य वृद्धि भारतीय मार्केटका लागी मात्रै हो । विश्वका अन्य देशका मार्केटमा भने कम्पनीको आईफोनलाई यथामुल्यमा नै खरिद गर्न सकिन्छ ।

प्रकाशित: २० फाल्गुन २०७६, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...