
काठमाडौं ।
काठमाडौं । फेसबुकले आफ्नो म्यासेन्जर एपमा ठुलो परिर्वतन गर्ने घोषणा गरेको छ । यसको जानकारी कम्पनीका सिईओ मार्क जुकरबर्गले एक फेसबुक पोष्ट मार्फत दिएका हुन ।
उनले यस पोस्टमा हाल यूजरहरुले चलाईरहेको एप भन्दा नयाँ एप निकै फास्ट र धेरै रेस्पोन्सिभ हुने बताएका हुन् । उनले यूजरहरुले आफ्ना साथिहरुसँग कुरा गर्न एप खोल्दा यूजरहरुले हरेक सेकेन्ड नकुर्ने पनि उल्लेख गरेका छन्।
वास्तवमा फेसबुकले पुरा म्यासेन्जरको कोड चेन्ज गरेको छ, त्यसैले यसलाई ठुलो परिर्वतन भनिएको हो । कम्पनीले साधारण डिजाईनसँगै केहि फीचरहरु केहि समयका लागी उपलब्ध नहुने जनाएको छ । यद्पी कम्पनीले म्यासेन्जरको कुन फिचरहरु कति समयको लागी उपलब्ध नहुने भन्ने चाहिँ जनाएको छैन ।
रिर्पोटकाअनुसार यसबिच म्यासेजरमा रहेको डिस्कभर ट्याबलाई हटाईने छ । फेसबुकले हटाईएका फिचरहरुलाई छिट्टै प्रयोग ल्याईने पनि बताएको छ । तर यसको लागी कम्पनीले कुनैपनि प्रकारको टाईमलाईन भने दिएको छैन ।
धेरै यूजरहरुलाई पहिले देखि नै थाहा छ यो एक इन्स्ट्यान्ट मेसेजिङ्ग प्लेटफर्म हो जुन एक वेब र एपको रुपमा काम गर्छ। यस एपलाई एन्ड्रोएड र आईफोन दुबैमा इन्स्टल गर्न सकिन्छ । कम्पनीले यस एपलाई फास्ट र लाईट होस् भनेर पुरै चेन्ज गर्न लागेको हो ।
अब आउने फेसबुकको चेन्ज म्यासेन्जरले यूजरको मोबाइलको स्पेस कम खपत गर्दछ । हाल फेसबुक म्यासेन्जरमा गरिएको यस परिर्वतन आईफोन यूजरहरुका लागी मात्रै रहने छ । अब यो एप पहिलेको साइजबाट घटेर यसको एक चौथाई मात्रैको हुने छ भने लोड हुने टाइम पहिलेको भन्दा आधा मात्रै हुने छ ।
प्रकाशित: २० फाल्गुन २०७६, मंगलवार