नेपाल टेलिकमको बिलिङ प्रणाली मर्मत हुँदै, केही सेवा ९ घण्टा अवरुद्ध हुने

  • Technology Khabar | १० कार्तिक २०८३, मंगलवार
नेपाल टेलिकमको बिलिङ प्रणाली मर्मत हुँदै, केही सेवा ९ घण्टा अवरुद्ध हुने
नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को भद्रकाली प्लाजामा रहेको मुख्यालय। फाइल तस्बिर

काठमाडौं ।

नेपाल टेलिकमले बिलिङ प्रणालीको नियमित मर्मतसम्भार गर्ने भएकाले भोलि ११ गते बिहान १२:३० बजेदेखि करिब ९ घण्टासम्म केही सेवा अवरुद्ध हुन सक्ने जनाएको छ।

टेलिकमले आज एक सूचना जारी गर्दै यसबारे सम्बद्ध सबैलाई जानकारी दिएको हो। कम्पनीका अनुसार उक्त अवधिमा प्याकेज सब्सक्रिप्सन, क्वेरी तथा एमपीओएस रिचार्ज सेवा प्रभावित हुन सक्नेछन्।

मर्मतसम्भार अवधिमा उल्लेखित सेवाबाहेक अन्य सेवा भने नियमित रूपमा सञ्चालन हुने टेलिकमले जनाएको छ।

सेवा अवरुद्ध हुँदा ग्राहकवर्गमा पर्न सक्ने असुविधाप्रति टेलिकमले क्षमायाचना गरेको छ।

प्रकाशित: १० कार्तिक २०८३, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...