काठमाडौं ।
नेपाल टेलिकमले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ लाई लक्षित गर्दै ‘एनपीएल अनलिमिटेड प्याकेज’ सञ्चालनमा ल्याएको छ।
यस प्याकेजअन्तर्गत नेपाल टेलिकमका प्रिपेड तथा पोस्टपेड मोबाइल प्रयोगकर्ताले ५९९ रुपैयाँमा प्याकेज खरिद गर्न सक्नेछन्। प्याकेजमा ३३३ मिनेट अन-नेट भ्वाइस कल र दैनिक ८ जीबी डेटा उपलब्ध हुने कम्पनीले जनाएको छ।
नेपाल टेलिकमका अनुसार उक्त प्याकेज २०८३ कात्तिक १० देखि मंसिर ५ गतेसम्म खरिद गर्न सकिनेछ। प्याकेजको समयावधि ३० दिनको हुनेछ। पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि प्याकेजको शुल्क मासिक रेन्टल शुल्कमै समावेश हुने व्यवस्था गरिएको छ।
प्याकेज प्राप्त गर्न मोबाइलबाट *१४१५*९३# डायल गर्न सकिनेछ। नेपाल टेलिकमको एपमार्फत पनि प्याकेज खरिद गर्न सकिने कम्पनीले जनाएको छ।
नेपाल टेलिकम एनपीएल सिजन–३ को आधिकारिक टेलिकम पार्टनरसमेत रहेको छ। कम्पनीले नेपाली खेलकुद क्षेत्रको विकासका लागि आफू निरन्तर सक्रिय रहेको जनाएको छ।
प्रकाशित: १० कार्तिक २०८३, मंगलवार