मानहानी गरेको भन्दै अभिनेत्री करिश्मा मानन्धरद्वारा डिल्लीराम खनालविरुद्ध साइबर उजुरी

  • Technology Khabar | २५ माघ २०७९, बुधबार
मानहानी गरेको भन्दै अभिनेत्री करिश्मा मानन्धरद्वारा डिल्लीराम खनालविरुद्ध साइबर उजुरी

काठमाडौं ।

अभिनेत्री करिश्मा मानन्धरले सामाजिक सञ्जालमार्फत आफ्नो मानहानी गर्ने अभिव्यक्ति दिएको भन्दै डिल्लीराम खनालविरुद्ध उजुरी दिएकी छन्।

अभिनेत्री मानन्धरले आफ्नो मानमर्दन हुने गरी युट्युबमा अन्तर्वार्ता दिएको भन्दै खनालविरुद्ध नेपाल प्रहरीको साइबर ब्यूरोमा हिजो उजुरी दिएकी हुन।

करिश्माले फेसबुकमार्फत ब्यूरोमा उजुरी दिएको जानकारी गराएकी छन्।

खनालले एउटा युट्युब अन्तर्वार्तामा नायिका मानन्धरलाई राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसित जोडेर विवादास्पद अभिव्यक्ति दिएका थिए। युट्युबमा विभिन्न अन्तर्वार्ता दिएर भाइरल बनिरहेका खनालले करिश्मा लिभिङ टुगेदर बसेको भन्दै युट्युबमा अन्तर्वार्ता दिएका थिए।

‘उहाँ को हो ? यो अत्ति भयो। कलाकारलाई यस्तै भन्छन् भनेर सहें। हिजो साइबर ब्यूरोमा निवेदन हालेको छु,” उनले लेखेकी छन्, “प्रेम दाइ, भन्नुस् म कसरी बसेको थिएँ ? लिभिङ टुगेदर ? म मेरो संसारमा खुसी छु।”

प्रकाशित: २५ माघ २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Desktop Popup ImageMobile Popup Image×