नेपालमा एफफाइभजी र एआईमा आधारित डिजिटल रूपान्तरणलाई तीव्रता दिन ह्वावेद्वारा आईएसपी इभेन्ट आयोजना

  • Technology Khabar | २९ आश्विन २०८३, बिहीबार
नेपालमा एफफाइभजी र एआईमा आधारित डिजिटल रूपान्तरणलाई तीव्रता दिन ह्वावेद्वारा आईएसपी इभेन्ट आयोजना

काठमाडौं ।

ह्वावेले “Accelerate F5G, Boost Intelligence” अर्थात् “एफफाइभजी( F5G) को विकासलाई तीव्रता दिऔँ, बौद्धिक प्रविधिको प्रयोग बढाऔँ” भन्ने मूल नाराका साथ ह्वावे नेपाल आईएसपी इभेन्ट २०२६ सफलतापूर्वक आयोजना गरेको छ। कार्यक्रममा अग्रणी इन्टरनेट सेवा प्रदायकहरू, आईसीटी उद्यम तथा क्षेत्रका सरोकारवालाहरूको सहभागिता रहेको थियो। कार्यक्रममा नयाँ पुस्ताको कनेक्टिभिटी, कृत्रिम बौद्धिकता र डिजिटल पूर्वाधारमा विकसित भइरहेका अवसरहरूबारे छलफल गरिएको थियो।

कार्यक्रमले नेपालको डिजिटल रूपान्तरणलाई सहयोग पुर्‍याउने तथा देशको आईसीटी इकोसिस्टमलाई थप सुदृढ बनाउने उद्देश्यसहित नयाँ प्रविधि, बौद्धिक नेटवर्क र नवीन व्यावसायिक मोडेलबारे ज्ञान तथा अनुभव आदानप्रदान गर्ने साझा मञ्च प्रदान गरेको थियो।

कार्यक्रममा सहभागीहरूलाई स्वागत गर्दै ह्वावे नेपालका प्रमुख कार्यकारी अधिकृत चेस्टर चेनले भने, “नेपालको डिजिटल इकोसिस्टम नयाँ चरणमा प्रवेश गरिरहेको छ, जहाँ कनेक्टिभिटी आर्थिक वृद्धि, नवप्रवर्तन र डिजिटल समावेशिताको आधार बनिरहेको छ। प्रयोगकर्ताका अपेक्षाहरू निरन्तर परिवर्तन भइरहेका अवस्थामा इन्टरनेट सेवा प्रदायकहरूले परम्परागत कनेक्टिभिटीभन्दा अगाडि बढेर बौद्धिक नेटवर्क, एआईमा आधारित सञ्चालन प्रणाली र नयाँ व्यावसायिक मोडेलहरू अपनाउन आवश्यक छ। यस रूपान्तरणलाई सहयोग पुर्‍याउन नवीन प्रविधि, विश्वव्यापी अनुभव र उद्योगका उत्कृष्ट अभ्यासहरू उपलब्ध गराउँदै नेपालको आईएसपी उद्योगसँग सहकार्य गर्न ह्वावे प्रतिबद्ध छ।”

कार्यक्रममा ह्वावे ओभरसिज आईएसपी बिजनेस युनिटका प्रमुख सञ्चालन अधिकृत लरेन्स वुले एआईले आईएसपी उद्योगलाई कसरी रूपान्तरण गरिरहेको छ भन्ने विषयमा प्रकाश पारे। उनले उच्च कार्यसम्पादनयुक्त नेटवर्क, कम्प्युटिङ स्रोत र नयाँ डिजिटल सेवाहरूको माग बढ्दै गएको उल्लेख गरे। साथै, नेपालको प्रतिस्पर्धात्मक विद्युत् लागत र उदाउँदा एआईसम्बन्धी अवसरहरूको सदुपयोग गर्दै परम्परागत इन्टरनेट कनेक्टिभिटी सेवाभन्दा बाहिरका क्षेत्रमा समेत विस्तार हुन सक्ने सम्भावना औँल्याएका थिए।

ह्वावे एपीएसी अप्टिकल डाइरेक्टर एन्डी वुले Home Network + X रणनीतिबारे प्रस्तुति दिँदै Video Surveillance as a Service (VSaaS) र Wi-Fi as a Service (WaaS) लाई नेपाली आईएसपीहरूका लागि सम्भावित व्यावसायिक वृद्धिका अवसरका रूपमा प्रस्तुत गरे। उनले प्रिमियम होम कनेक्टिभिटी तथा मूल्य अभिवृद्धि सेवाले ग्राहकको अनुभव सुधार गर्नुका साथै दिगो आम्दानीका नयाँ स्रोतहरू सिर्जना गर्न सक्ने बताए।

त्यसैगरी, ह्वावे एपीएसी आईएसपीका प्रमुख प्राविधिक अधिकृत डेभिड हुले एआईको युगमा परम्परागत आईएसपीबाट Managed Service Provider (MSP) तर्फको रूपान्तरणबारे चर्चा गरे। उनले AI Token Services, Model as a Service र GPU as a Service जस्ता सेवाहरूका साथै स्टोरेज तथा नेटवर्क पूर्वाधारको स्तरोन्नतिमा रहेका अवसरहरू प्रस्तुत गरे। यी अवसरहरूले आईएसपीहरूलाई आफ्ना सेवा विविधीकरण गर्न र बौद्धिक डिजिटल समाधानहरू उपलब्ध गराउन सक्षम बनाउने उनको भनाइ थियो।

नेपालमा २७ वर्षदेखि निरन्तर उपस्थिति जनाउँदै आएको ह्वावेले स्थानीय साझेदार, इन्टरनेट सेवा प्रदायक र उद्योगका सरोकारवालाहरूसँगको सहकार्यलाई निरन्तरता दिँदै नेटवर्कको गुणस्तर, सञ्चालन दक्षता र डिजिटल सेवा प्रदान गर्ने क्षमतामा सुधार गर्न आफ्नो प्रतिबद्धता पुनः व्यक्त गरेको छ।

निरन्तर प्राविधिक नवप्रवर्तन र उद्योगसँगको सहकार्यका माध्यमबाट ह्वावेले नेपालको डिजिटल समावेशितामा योगदान पुर्‍याउँदै अझ बढी कनेक्टेड, बौद्धिक र डिजिटल रूपमा सशक्त भविष्यतर्फको यात्रालाई तीव्रता दिने लक्ष्य राखेको जनाएको छ।

प्रकाशित: २९ आश्विन २०८३, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Desktop Popup ImageMobile Popup Image×