ह्वावेले फराकिलो स्क्रिन भएको फोनबाट ‘स्टारलाइट’ ब्रान्ड सार्वजनिक गर्ने

  • Technology Khabar | १३ कार्तिक २०८३, शुक्रबार
ह्वावेले फराकिलो स्क्रिन भएको फोनबाट ‘स्टारलाइट’ ब्रान्ड सार्वजनिक गर्ने

काठमाडौं ।

यस महिनाको सुरुमा सार्वजनिक भएको एक रिपोर्टअनुसार ह्वावेले ‘जिङमाङ’ नामको नयाँ उपब्रान्ड सार्वजनिक गर्ने तयारी गरिरहेको छ।

चिनियाँ भाषामा जिङमाङको अर्थ ‘स्टारलाइट’ हुन्छ। अहिले एक टिपस्टरले उक्त ब्रान्डअन्तर्गत आउने पहिलो स्मार्टफोनका विवरण सार्वजनिक गरेका छन्।

टिपस्टर डिजिटल च्याट स्टेसनका अनुसार ह्वावेको नयाँ उपब्रान्डअन्तर्गत आउने पहिलो स्मार्टफोनमा फराकिलो स्क्रिनसहितको क्यान्डीबार डिजाइन हुनेछ।

जीएसएमएरिनाका अनुसार उक्त फोनमा ६.३९ इन्चको डिस्प्ले र किरिन ९००० सिरिजको चिपसेट रहने बताइएको छ। यसको सबैभन्दा उच्च क्षमताको संस्करणमा १६ जीबीसम्म र्‍याम र १ टीबी स्टोरेज उपलब्ध हुने जनाइएको छ।

टिपस्टरका अनुसार यो फोन अर्को महिना सार्वजनिक हुनेछ। डिजिटल च्याट स्टेसनले ‘स्टारलाइट’ उक्त उपब्रान्डको चिनियाँ नामको अंग्रेजी अनुवाद मात्र भएको र यही नाम आधिकारिक रूपमा प्रयोग नहुन सक्ने पनि जनाएको छ।

यसअघि सार्वजनिक भएको अर्को रिपोर्टमा ह्वावेको स्टारलाइट ब्रान्डअन्तर्गतका फोन मध्यम मूल्य श्रेणीका हुने र तिनमा किरिन ८ सिरिजका चिपसेट प्रयोग गरिने उल्लेख थियो। ती फोनमा हार्मोनीओएस सञ्चालन प्रणाली र ह्वावेको एक्सएमएजीई इमेजिङ प्रविधि पनि कायम रहने रिपोर्टमा जनाइएको थियो।

प्रकाशित: १३ कार्तिक २०८३, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार