काठमाडौं ।
गत मार्चमा डिजिटल च्याट स्टेसन (डीसीएस) ले सार्वजनिक हुन लागेको ह्वावे एन्जोय ९० प्रो म्याक्समा ८,५०० एमएएचको ब्याट्री हुने जानकारी दिएको थियो।
जीएसएमएरिनाका अनुसार केही दिनपछि ह्वावेले एन्जोय ९० सिरिजका फोन सार्वजनिक गरेपछि यो जानकारी पुष्टि भएको थियो। अहिले उक्त स्रोतले एन्जोय सिरिजका आगामी मोडेलबारे विवरण सार्वजनिक गरेको छ।
डिजिटल च्याट स्टेसनका अनुसार ह्वावे एन्जोय १०० प्रो म्याक्समा ८,८०० एमएएच क्षमताको ब्याट्री हुनेछ। यो सामान्य क्षमता हो भने यसको निर्धारित क्षमता ८,५६० एमएएच हुनेछ।
यसअघिको मोडेलको तुलनामा नयाँ फोनको ब्याट्री क्षमता ३०० एमएएचले बढ्नेछ। यद्यपि, फोनको चार्जिङ क्षमताबारे जानकारी दिइएको छैन। एन्जोय ९० सिरिजमा तारबाट मात्र ४० वाटको चार्जिङ सुविधा थियो।
प्रो म्याक्समा अघिल्लो मोडेलकै जस्तो ६.८४ इन्चको फ्ल्याट १.५के एलटीपीएस डिस्प्ले हुनेछ। यसमा नयाँ किरिन ८०२० चिपसेट प्रयोग गरिनेछ। साथै, यसले बेइदौ स्याटेलाइट मेसेजिङ सुविधालाई समर्थन गर्नेछ, जुन अघिल्लो प्रो म्याक्समा थिएन।
यसैबीच, सानो आकारका ह्वावे एन्जोय १०० र एन्जोय १०० प्रोमा ६,१०० एमएएच क्षमताका ब्याट्री हुनेछन्। एन्जोय ९०, ९० प्लस र ९०एम प्लसमा ६.६७ इन्चका डिस्प्ले र ६,६२० एमएएच क्षमताका ब्याट्री थिए। नयाँ मोडेलमा ब्याट्री क्षमता घटाउनुको कारण भने स्पष्ट छैन।
एन्जोय ९० सिरिजका फोनमा किरिन ८००० चिपसेट प्रयोग गरिएको थियो। सामान्य एन्जोय ९० मा किरिन ८०००ए र अन्य दुई मोडेलमा किरिन ८००० चिपसेट थियो। एन्जोय १०० र एन्जोय १०० प्रोमा पनि यही चिपसेट प्रयोग गरिनेछ। तीनवटै नयाँ मोडेलमा पछिल्लो हार्मोनीओएस ७ अपरेटिङ सिस्टम उपलब्ध हुनेछ।
डिजिटल च्याट स्टेसनले आगामी फोनका रङ विकल्पबारे पनि जानकारी दिएको छ। ह्वावे एन्जोय १०० प्रो म्याक्स ओब्सिडियन ब्ल्याक, स्नो ह्वाइट, स्यान्ड गोल्ड र एजुर ओसन रङमा उपलब्ध हुनेछ।
त्यस्तै, एन्जोय १०० प्रो मिडनाइट ब्ल्याक, फेदर ह्वाइट, पिकक ब्लु र फिचर पर्पल रङमा आउनेछ। एन्जोय १०० भने मिडनाइट ब्ल्याक, ग्लेसियर ह्वाइट, क्लाउड ब्लु र डान्सिया ओरेन्ज रङमा उपलब्ध हुनेछ।
प्रकाशित: ६ कार्तिक २०८३, शुक्रबार