मुस्ताङको न्यू लार्के र ओल्ड लार्केमा रहेका नेपाल टेलिकमका माइक्रोवेभ रेडियो लिङ्कको थप स्तरोन्नति

  • Technology Khabar | २९ आश्विन २०८३, बिहीबार
मुस्ताङको न्यू लार्के र ओल्ड लार्केमा रहेका नेपाल टेलिकमका माइक्रोवेभ रेडियो लिङ्कको थप स्तरोन्नति
सांकेतिक फाइल तस्बिर

काठमाडौं ।

न्यू लार्के र ओल्ड लार्केको माइक्रोवेभ रेडियो लिङ्कको थप स्तरोन्नति गरिएको छ।

नेपाल दूरसञ्चार प्राधिकरणअन्तर्गत नेपाल टेलिकम जोमसोमले मुस्ताङको थासाङ गाउँपालिका–५ मा रहेको रेडियो लिङ्कको थप स्तरोन्नति गरिएको हो।

असोज ११ गतेको भारी वर्षाका कारण अवरुद्ध बनेको मुस्ताङको सञ्चार पहुँचलाई थप प्रभावकारी बनाउने उद्देश्यले त्यहाँ रहेका दुई वटा रेडियो लिङ्क उपकरणलाई पूर्ण क्षमतामा रुपान्तरण गरिएको हो।

यसअघि म्याग्दीको घोरेपानी र मुस्ताङको न्यू लार्के र ओल्ड लार्केमा व्यवस्था गरिएको माईक्रोवेभ रेडियो लिङ्क उपकरणमा प्राविधिक समस्या आउँदा मुस्ताङमा पूर्ण रुपमा सञ्चार सम्पर्क अवरुद्ध हुन पुगेको थियो।

भारी वर्षाका कारण अवरुद्ध रहेको मुस्ताङको सञ्चारको पहुँचलाई दिगो, भरपर्दो र प्रभावकारी बनाउन नेपाल टेलिकम जोमसोम शाखाले जनशक्ति, उपकरण तथा स्रोतसाधन परिचालन गरी अन्य रेडियो लिङ्कको सम्पर्क स्थापित गर्ने न्यू लार्के र ओल्ड लार्के रेडियो लिङ्कको थप स्तरोन्नति गरिएको हो।

नेपाल टेलिकम जोमसोम शाखाका प्रमुख हुमबहादुर भुजेलले थासाङस्थित न्यू लार्के र ओल्ड लार्के रिपिटर साइडमा पावर ब्याकअप व्यवस्थापन तथा रेडियो लिङ्क पूर्ण क्षमता सञ्चालन गरिएको बताए।

जोमसोमस्थित टेलिकम कार्यालयमा रहेको सय एम्पियर क्षमताको दुई थान लिथियम–आयन ब्याट्री पूर्ण चार्ज गरी जडान गरिएको हो।-रासस

प्रकाशित: २९ आश्विन २०८३, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Desktop Popup ImageMobile Popup Image×