पहिलोपटक चालकको ज्यान जानेगरी भयो साइबरट्रक दुर्घटना र आगलागी

  • Technology Khabar | २४ श्रावण २०८१, बिहीबार
पहिलोपटक चालकको ज्यान जानेगरी भयो साइबरट्रक दुर्घटना र आगलागी

काठमाडौं ।

टेस्लाको साइबरट्रक हालै टेक्ससको सडकबाट बाहिर गएर सँगैको कल्भर्टमा ठोकिएपछि आगलागी भएर चालकको समेत मृत्यु भएको थियो। यो जानकारी होस्टनमा रहेको केएचओयू११ नामक समाचार संस्थाले रिपोर्ट गरेको हो।

टेस्लाको नयाँ विद्युतीय पिकअप गाडी दुर्घटनामा चालकको ज्यान गएको पहिलो घटना भएको र यसमा नेशनल हाइवे ट्रान्सपोर्टेशन सेफ्टी एडमिनिस्ट्रेशनले मुद्दा दायर गरेको समाचार संस्था इन्ग्याजेटले उल्लेख गरेको छ।

इन्गयाजेटले रोयटर्सलाई उद्धृत गर्दै उक्त घटनामा ज्यान गुमाएका चालकको परिचय नखुलेको जनाएको छ। यसबाहेक के कारणले उक्त दुर्घटना भयो भन्ने पनि खुलेको छैन । साइबरट्रकमा अटो पाइलट सुविधा नभएकाले दुर्घटनाको कारण कम्तीमा अटो पाइलट मोड नभएको प्रस्ट छ।

स्थानीय प्रहरीका अनुसार दुर्घटना भएको क्षेत्रको भिडियो हेर्दा उक्त गाडी आगोले लगभग पुरै जलेको देखिएको छ भने यसैले गर्दा ती चालकको पहिचान गर्न नसकिएको हो।

साइबरट्रक दुर्घटना पहिलोपटक गत वर्ष पालो अल्टो नजिक भएको थियो जसमा चालक वा सवारीलाई खासै चोटपटक लागेको थिएन। टेस्लाले हालसम्म १५ हजार हाराहारी यस्ता गाडी बिक्री गरिसकेकोले दुर्घटनाको सङ्ख्या बिस्तारै बढ्दै गएको इन्ग्याजेटमा उल्लेख छ।

टेस्लाले हालसम्म ४ ओटा साइबरट्रकहरुलाई फिर्ता बोलाएको छ जसमध्ये एक्सलरेटर पेडल अड्किने समस्यायुक्त पनि रहेको छ। सन् २०१३ को नोभेम्बरमा सार्वजनिक भए यता साइबरट्रकलाई फितलो गुणस्तको बनावट, राम्ररी काम नगर्ने तथा अनौठो डिजाइनयुक्त भन्नै टिकाटिप्पणी हुँदै आएको छ।

प्रकाशित: २४ श्रावण २०८१, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार