
काठमाडौं ।
काठमाडौं । शाओमीअन्तरगत रहेको रेडमीले आफ्नो छुट्टै टेलिभिजन प्रडक्ट लन्च गर्ने भएको छ ।
शाओमी टिभीका जनरल म्यानेजर र रेडमी ब्राण्डका जनरल म्यानेजरले संयुक्तरुपमा वेबोमार्फत सो जानकारी दिएका हुन् ।
रेडमीले यसअघि देखि नै टिभी सेगमेन्ट लन्च गर्ने तयारी गरिरहेको थियो । कम्पनीले स्मार्ट टिभी ल्याउन लागेको हो जून हालै चीनमा गुणस्तर परीक्षणको लागि सूचित भएको थियो ।
रेडमीको लागि टिपिभी टेक्नोलोजी कम्पनी लिमिटेडले रेडमी टिभी उत्पादन गरेको छ भने यो टिभी छिटै बजारमा उपलब्ध हुने अनुमान छ ।
कम्पनीले रेडमी टिभीको बारेमा जानकारीहरु नदिएपनि सो टिभी पहिलो चरणमा दुईवटा साइजमा आउने छ । रेडमी टिभी ४० इन्च र ७० इन्चमा हुनेछ भने दुबैमा फोर के रिजोल्यूशनका साथमा उपलब्ध हुनेछन् ।
संभवत रेडमी टिभीहरु चीन र भारतीय बजारलाई ध्यानमा राखेर निर्माण गरिनेछ ।
यसअघि शाओमीले लन्च गरेको शाओमी टिभी चीन र भारतीय बजारमा निकै मनपराईएका थिए । चीनमा शाओमी टिभीको वृद्धिदर वार्षिक ७९ प्रतिशत छ भने भारतमा पनि यो प्रमुख ब्राण्डको रुपमा रहेको छ ।
प्रकाशित: १ भाद्र २०७६, आईतवार