एनसेल ग्राहकले सामसङका टिभी, फ्रिज र वासिङ मेसिनमा कुल ३१ प्रतिशत सम्मको लाभ पाउने

  • Technology Khabar | २५ आश्विन २०८३, आईतवार
एनसेल ग्राहकले सामसङका टिभी, फ्रिज र वासिङ मेसिनमा कुल ३१ प्रतिशत सम्मको लाभ पाउने

काठमाडौं ।

सामसङ नेपालले एनसेल सँग मिलेर एनसेलका ग्राहकका लागि छानिएका सामसङ टिभी, रेफ्रिजरेटर र वासिङ मेसिनमा दशैंको विशेष अफर ल्याएको छ।

यस अफर अन्तर्गत ग्राहकहरूले सामसङको चलिरहेको चाडपर्वको अफरमा थप १२प्रतिशत सम्म छुट पाउनेछन्। यसरी दुवै अफरबाट योग्य मोडेलहरूमा कुल ३१ प्रतिशत सम्मको लाभ लिन सकिनेछ।

अक्टोबर ८ अर्थात् असोज २२ बाट शुरु भएको यो अफर कार्तिक ३० गतेसम्म लागू हुने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार यस सहकार्यले सामसङको चाडपर्वको अफर “स्मार्ट अपग्रेड घरमा, लक्की सरप्राइज चाडमा!” लाई अझै आकर्षक बनाएको छ। यसले एनसेल का ग्राहकलाई यस चाडपर्वमा घरका लागि नयाँ टिभी, फ्रिज वा वासिङ मेसिन अपग्रेड गर्न थप फाइदा दिएको छ।

यो अफर लिन एनसेल एपको पार्टनर्ड सर्भिसेज सेक्सनमा गएर आफूले पाउने छुट हेर्न सकिनेछ। एनसेल प्याकमा गर्ने खर्चका आधारमा प्रत्येक जनाले आफूलाई लागू हुने सामानमा छुटसहितको छुट्टै अफर पाउनेछन्।

त्यसपछि अफर कोड लिएर नजिकैको सहभागी सामसङ आधिकारिक डिलरकहाँ गई आफूले चाहेको सामान किन्न सकिने कम्पनीको भनाइ छ।

प्रकाशित: २५ आश्विन २०८३, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार