त्रिवि पत्रकारिता विभागले डिजिटल कन्टेन्ट क्रिएसनमा एकवर्षे पोस्ट ग्र्याजुएट डिप्लोमा सञ्चालन गर्ने
काठमाडौं ।
त्रिभुवन विश्वविद्यालयअन्तर्गत केन्द्रीय पत्रकारिता तथा आमसञ्चार विभाग (सीडीजेएमसी) ले डिजिटल कन्टेन्ट क्रिएसनमा एकवर्षे पोस्ट ग्र्याजुएट डिप्लोमा कार्यक्रम सञ्चालन गर्ने भएको छ।
विभागले सार्वजनिक गरेको जानकारीअनुसार डिजिटल स्टोरीटेलिङ र डिजिटल सामग्री उत्पादनसम्बन्धी सीप विकास गर्ने उद्देश्यले उक्त कार्यक्रम ल्याइएको हो।
कार्यक्रममा जुनसुकै विषयमा स्नातक तह उत्तीर्ण गरेका विद्यार्थीले आवेदन दिन सक्नेछन्। यसका लागि पत्रकारिता वा आमसञ्चार विषयमै स्नातक गरेको हुनुपर्ने बाध्यता राखिएको छैन।
एक वर्ष अवधिको यस डिप्लोमा कार्यक्रमले डिजिटल माध्यमका लागि सामग्री सिर्जना गर्न इच्छुक स्नातक तह उत्तीर्ण व्यक्तिलाई लक्षित गरेको विभागले जनाएको छ।
तर विभागले सार्वजनिक गरेको पोस्टरमा आवेदन खुल्ने मिति, शुल्क, भर्ना प्रक्रिया, कक्षा सञ्चालन हुने समय तथा पाठ्यक्रमबारे विस्तृत जानकारी उल्लेख गरेको छैन।