सिद्धार्थ बैंकले सञ्चालनमा ल्यायो एपीआई बैंकिङ प्लेटफर्म ‘र्‍यापिड’

  • Technology Khabar | २५ आश्विन २०८३, आईतवार
सिद्धार्थ बैंकले सञ्चालनमा ल्यायो एपीआई बैंकिङ प्लेटफर्म ‘र्‍यापिड’

काठमाडौं ।

सिद्धार्थ बैंकले एपीआई बैंकिङ प्लेटफर्म ‘र्‍यापिड’ सञ्चालनमा ल्याएको छ। नेपाल फिनटेक एक्सपो २०२६ को अवसरमा बैंकले उक्त प्लेटफर्म औपचारिक रूपमा शुभारम्भ गरेको हो।

‘र्‍यापिड’ बैंकिङ एज अ सर्भिस (Banking as a Service) अवधारणामा आधारित प्लेटफर्म हो। यसले एप्लिकेसन प्रोग्रामिङ इन्टरफेस (एपीआई) मार्फत बैंक, फिनटेक कम्पनी तथा डिजिटल सेवा प्रदायकका प्रणालीलाई एकआपसमा जोड्न सहयोग गर्छ।

प्लेटफर्म बैंकको प्रणालीमा एकीकृत भएसँगै कर्पोरेट ग्राहकले विभिन्न बैंकिङ सेवा प्रयोग गर्न छुट्टाछुट्टै प्रणालीमा जानुपर्ने झन्झट हटाउने बैंकले जनाएको छ।

यस प्लेटफर्ममार्फत ग्राहकले आफ्नै सफ्टवेयर वा इन्टरप्राइज रिसोर्स प्लानिङ (ईआरपी) प्रणालीबाट बैंक खाताको मौज्दात हेर्न, स्टेटमेन्ट डाउनलोड गर्न, ट्रेजरी व्यवस्थापन गर्न तथा कारोबारको स्वतः मिलान (अटोमेटेड रिकन्सिलेसन) गर्न सक्नेछन्।

ग्राहकले ‘कनेक्ट विथ एपीआई बैंकिङ’ विकल्पमार्फत आफ्नो बैंक खाता लिंक गर्न सक्नेछन्। सेवा प्रयोग गर्न बैंकमा एकपटक मोबाइल बैंकिङमा जस्तै फाराम भरेपछि अधिकांश प्रक्रिया अनलाइनबाटै पूरा गर्न सकिने बैंकले जनाएको छ।

प्लेटफर्मले ग्राहकको सहमति लिने प्रक्रियालाई पनि डिजिटल बनाएको बैंकको भनाइ छ। यसबाट सेवा प्रयोगको प्रक्रिया सहज र पारदर्शी हुने अपेक्षा गरिएको छ। प्लेटफर्ममा एन्ड-टु-एन्ड इन्क्रिप्सन, बहुस्तरीय प्रमाणीकरण तथा अन्य सुरक्षा प्रोटोकल प्रयोग गरिएको बैंकले जनाएको छ।

प्रकाशित: २५ आश्विन २०८३, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार