भिभोको खरिदमा १० हजार रुपैयाँसम्मको नगद छुट र थाइल्यान्ड भ्रमणको मौका

  • Technology Khabar | २५ आश्विन २०८३, आईतवार
भिभोको खरिदमा १० हजार रुपैयाँसम्मको नगद छुट र थाइल्यान्ड भ्रमणको मौका

काठमाडौं ।

भिभोले ‘भिभो फेस्टिभ सेयर’ नामक विशेष अभियान उत्सव सार्वजनिक गरेको छ।

‘तपाईंको सानो साथ, कसैको ठूलो चाड’ भन्ने अभियानअन्तर्गत भिभो स्मार्टफोन खरिद गर्ने ग्राहकले विभिन्न उपहारसहित १० हजार रुपैयाँसम्मको नगद छुट भौचर र थाइल्यान्ड भ्रमण जित्ने अवसर पाउने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार असोज १५ देखि मंसिर ४ गतेसम्म सञ्चालन हुने यस अभियानअन्तर्गत भिभो स्मार्टफोन खरिद गर्ने ग्राहकहरूले स्पिन एण्ड विनमा सहभागी हुन र विभिन्न आकर्षक उपहारहरुमा भिभो स्मार्टफोन, भिभो स्पिकर, भिभो नेकब्यान्ड, भिभो मग तथा एक वर्षसम्मको अतिरिक्त वारेन्टी प्राप्त गर्न सक्नेछन्।

स्पिन एन्ड विनमा सहभागी हुने प्रत्येक योग्य ग्राहक बम्पर पुरस्कारका लागि पनि स्वतः योग्य हुनेछन्, जसअन्तर्गत दुई भाग्यमानी विजेताले थाइल्यान्ड भ्रमणको अवसर पाउनेछन् भने १० हजार रुपैयाँसम्मको नगद छुट भाउचर राखिएको छ।

अभियानबारे बोल्दै भिभोका ब्रान्ड म्यानेजर दिपेश खनालले दशैं र तिहारको अवसरमा ग्राहकसँग जोडिन र चाडपर्वको खुसी बाँड्ने अवधारणालाई अभियानमार्फत अघि बढाइएको बताए।

‘दशैं र तिहार परिवार तथा प्रियजनसँग एकसाथ आउने र खुसी बाँड्ने समय हो। त्यसैले हामीले यसपटकको चाडपर्व अभियानलाई केवल अफरका रूपमा नभई आफूले पाएको लाभ अरूसँग पनि बाँड्न सकिने अवधारणासँग जोड्ने प्रयास गरेका छौँ। ‘तपाईंको सानो साथ, कसैको ठूलो चाड’ ले एउटा सानो सहयोग वा साथले अर्को व्यक्तिको चाडलाई अझ विशेष बनाउन सक्छ भन्ने हाम्रो विश्वासलाई प्रतिनिधित्व गर्छ,’ खनालले भने।

अभियान अवधिभर ग्राहकहरूले नजिकैको आधिकारिक भिभो स्टोर वा अधिकृत बिक्रेताबाट भिभो स्मार्टफोन खरिद गरी स्पिन एण्ड विनमा सहभागी हुन सक्नेछन्। यससँगै ग्राहकले १० हजार रुपैयाँसम्मको क्यास डिस्काउन्ट भाउचर तथा थाइल्यान्ड भ्रमणलगायतका पुरस्कार जित्ने अवसर प्राप्त गर्नेछन्।

प्रकाशित: २५ आश्विन २०८३, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार