स्टाइल र स्पिडको नयाँ अनुभव भिभो भि८० लाईट चाँडै नेपाली बजारमा आउने

  • Technology Khabar | २० भाद्र २०८३, शनिबार
स्टाइल र स्पिडको नयाँ अनुभव भिभो भि८० लाईट चाँडै नेपाली बजारमा आउने

काठमाडौं ।

भिभोले आफ्नो बहुप्रतीक्षित नयाँ स्मार्टफोन भिभो भि८० लाईटको पहिलो झलक आधिकारिक सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको छ। परिष्कृत कर्भ्ड डिजाइन तथा आधुनिक प्रविधिको संयोजनसहित आउने अपेक्षा गरिएको स्मार्टफोनले थप सहज र प्रिमियम बनाउने लक्ष्य राखेको हो।

कम्पनीका अनुसारर डिजाइनसँग जोडिएको ‘स्ले एभ्री एज’ अवधारणाले स्मार्टफोनको सौन्दर्यसँगै प्रयोगकर्ताको सहजतालाई समेत प्राथमिकता दिने देखिएको छ।

यस अवधारणाअन्तर्गत सिमलेस कव्र्स र कम्फर्टेबल ग्रिप (सहज पकड) लाई विशेष ध्यान दिइएको छ। साथै, अल्ट्रा–स्लिम युनिबडी डिजाइनमा आउने भनिएको भि८० लाईटमा ७०५० एमएएच अल–डे ब्याटरी (दिनभर चल्ने ब्याटरी) उपलब्ध हुने अपेक्षा गरिएको छ।

भिभो भि८० लाईटमा मिडियाटेक डाईमेनसिटी ७३६०–टर्बो चिपसेट रहने अपेक्षा गरिएको छ। ४ एनएम प्रोसेसमा आधारित यस प्रोसेसरले दैनिक प्रयोग, मल्टिटास्किङ, मनोरञ्जन तथा गेमिङमा सहज र भरपर्दो कार्यसम्पादन प्रदान गर्ने छ जसले ५०–महिनासम्म सहज अनुभव, ३ जेनरेसन ओएस अपग्रेड र ५ वर्षको सुरक्षा अपडेट प्रदान गर्दछ।

कम्पनीका अनुसार मोबाइल गेमिङमा रुचि राख्ने प्रयोगकर्ताका लागि पनि यो स्मार्टफोन आकर्षक विकल्प हुन सक्ने देखिन्छ । प्रारम्भिक जानकारीअनुसार, यसले ३० डिग्री सेल्सियसको वातावरणमा मोबाईल लेजेण्डमा ३ घण्टासम्म ९० एफपिएस स्थिर गेमिङ रहेको छ।

‘स्ले एभ्री एज’ अवधारणामार्फत भिभो भि८० लाईटले स्टाइल, सहजता र कार्यसम्पादनलाई एउटै अनुभवमा जोड्ने प्रयास गर्ने देखिएको छ। परिष्कृत कभ्र्ड डिजाइन, ठूलो ब्याट्री, शक्तिशाली प्रोसेसर तथा कन्टेन्ट क्रिएसनमा केन्द्रित क्यामेरा क्षमताको संयोजनसहित आउने अपेक्षा गरिएको भिभो भि८० लाईटले नेपाली स्मार्टफोन बजारमा नयाँ विकल्प प्रस्तुत गर्ने विश्वास गरिएको छ।

स्मार्टफोनको आधिकारिक मूल्य, उपलब्धता तथा नेपालका लागि अन्तिम स्पेसिफिकेसनसम्बन्धी जानकारी कम्पनीले आगामी दिनमा सार्वजनिक गर्नेछ।

प्रकाशित: २० भाद्र २०८३, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार