भिभोले सार्वजनिक गर्यो एक्स५०० प्रो म्याक्सका सबै रङ

  • Technology Khabar | २९ भाद्र २०८३, सोमबार
भिभोले सार्वजनिक गर्यो एक्स५०० प्रो म्याक्सका सबै रङ

काठमाडौं ।

भिभोले चीनमा सेप्टेम्बर २१ मा एक्स५०० सिरिज सार्वजनिक गर्दैछ। त्यसअघि कम्पनीले केही दिनअघि एक्स५०० प्रो म्याक्सको डिजाइन सार्वजनिक गरेको थियो।

अब कम्पनीले फोनका थप आधिकारिक तस्बिर सार्वजनिक गर्दै यो फोन उपलब्ध हुने चारवटै रङ देखाएको छ।

जीएसएमएरिनाका अनुसार एक्स५०० प्रो म्याक्समा मिडियाटेक डाइमेन्सिटी ९६०० प्रो एसओसी प्रयोग हुने अपेक्षा गरिएको छ। यसमा सोनीसँग मिलेर विकास गरिएको विशेष सेन्सरसहितको मुख्य क्यामरा हुनेछ, जसले १७ ईभीको डाइनामिक रेन्ज उपलब्ध गराउनेछ।

यसको २०० मेगापिक्सेल पेरिस्कोप टेलिफोटो क्यामरा भने एक्स३०० अल्ट्रामा प्रयोग गरिएको क्यामराजस्तै हुनेछ।

प्रकाशित: २९ भाद्र २०८३, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...