काठमाडौं ।
नेपाल पर्यटन बोर्डले नेपालको पर्यटन प्रवर्द्धनका लागि भिडियो निर्माता, फोटोग्राफर तथा डिजिटल कन्टेन्ट क्रियटरलाई आह्वान गरेको छ।
बोर्डले नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, परम्परा र साहसिक पर्यटनका गतिविधिलाई विश्वसामु प्रस्तुत गर्ने उद्देश्यले कन्टेन्ट क्रियटरलाई सहभागी हुन आग्रह गरेको हो।
बोर्डले सार्वजनिक गरेको सूचनाअनुसार इच्छुक भिडियोग्राफर, फोटोग्राफर तथा कन्टेन्ट क्रिएटरले आफ्नो नाम, ठेगाना, सम्पर्क नम्बर र सामाजिक सञ्जाल वा पोर्टफोलियोको लिंक इमेलमार्फत पठाउनुपर्नेछ।
इच्छुकले आफ्नो विवरण [email protected] मा इमेल गर्न सक्नेछन्। विवरण पठाउने अन्तिम म्याद आगामी नोभेम्बर ५ अर्थात् कात्तिक २० गते तोकिएको छ।
बोर्डले नेपालको हिमाली क्षेत्र, प्राकृतिक दृश्य, लुकेका पर्यटकीय गन्तव्य, संस्कृति, परम्परा तथा साहसिक गतिविधिलाई सिर्जनात्मक सामग्रीमार्फत प्रस्तुत गर्न चाहनेहरूलाई यस अवसरमा सहभागी हुन आग्रह गरेको छ।
प्रकाशित: १३ कार्तिक २०८३, शुक्रबार