काठमाडौं ।
ह्वावेले रक्तचाप निगरानीमा केन्द्रित नयाँ पुस्ताको स्मार्टवाच डी३ सार्वजनिक गरेको छ।
रक्तचाप अनुमान गर्न एल्गोरिदम मात्र प्रयोग गर्ने अधिकांश स्मार्टवाचभन्दा फरक वाच डी३ मा परम्परागत चिकित्सा उपकरणमा जस्तै एयर कफ प्रयोग गरिएको छ।
स्मार्टवाचको डिजाइनलाई अझै आकर्षक बनाइएको छ। यसको मोटाई ११.३ मिलिमिटर मात्र छ भने तौल ४० ग्राम रहेको छ।
टेलिग्राफका अनुसार वाच डी३ले २४ घण्टा सम्म रक्तचाप निगरानी गर्ने सुविधा दिन्छ। यसले दिन र रात दुवै समयमा रक्तचाप मापन गर्नुका साथै शारीरीक गतिविधि गर्नु अघि र गरेपछि विशेष मापन मोड उपलब्ध गराउँछ।
यसले मुटुको धड्कन, रगतमा अक्सिजनको मात्रा, निद्रा आदि निगरानि गर्दछ। यसले करिब ८० प्रकारका खेलकुद गतिविधि लाई समर्थन गर्दछ।
ह्वावे वाच डी३ सुरुवात सेप्टेम्बर २३ देखि बजारमा उपलब्ध हुने बताइएको छ। यसको सुरुवाती मूल्य ४५६ यूरो तोकिएको छ।
प्रकाशित: २० भाद्र २०८३, शनिबार