Vivo

१३ मेगापिक्सेलको क्यामरा र ६५०० एमएएच ब्याट्रीसहित नयाँ बजेट फोन ‘भिभो भिभो वाई६के’ सार्वजनिक

१३ मेगापिक्सेलको क्यामरा र ६५०० एमएएच ब्याट्रीसहित नयाँ बजेट फोन ‘भिभो भिभो वाई६के’ सार्वजनिक
Global IME Bank

भिभोले आफ्नो पछिल्लो स्मार्टफोनको रूपमा ‘भिभो वाई६के’ सार्वजनिक गरेको छ। यस डिभाइसमा १२० हर्जको डिस्प्ले र ६५०० एमएएचको ब्याट्री दिइएको छ। यो मिडियाटेक डाइमेन्सिटी ६३०० चिपसेटद्वारा सञ्चालित छ र यसमा एन्ड्रोइड १६ प्रि-इन्स्टल गरिएको छ। फोनमा १३ मेगापिक्सेलको क्यामरा छ र यसले फास्ट चार्जिङलाई समर्थन गर्छ।

यसलाई कम्पनीको बजेट स्मार्टफोन श्रेणी अन्तर्गत ल्याइएको हो।

भिभो वाई६के (Vivo Y6k) कम्पनीको घरेलु बजारमा सार्वजनिक गरिएको छ। ६ जीबी र्‍याम र १२८ जीबी स्टोरेज भएको भेरियन्टको मूल्य १,५९९ युआन तोकिएको छ। यो निलो, सेतो र कालो गरी तीन रङहरूमा उपलब्ध छ। यो डिभाइस अहिले खरिदका लागि कम्पनीको आधिकारिक वेबसाइटमा राखिएको छ।

भिभो वाई६के का विशेषताहरू र प्राविधिक विवरणहरू

भिभो वाई६केमा ६.७४ इन्चको एलसिडी डिस्प्ले छ, जसको रिजोलुसन १,६०० x ७२० पिक्सेल रहेको छ। यसमा १२० हर्जको रिफ्रेस रेट र १२०० निट्ससम्मको अधिकतम ब्राइटनेसपाइन्छ। डिस्प्लेमा ‘वाटरड्रप-स्टाइल’ नच दिइएको छ। यो फोन एन्ड्रोइड १६ मा चल्छ र यसमा अक्टा-कोर मिडियाटेक डाइमेन्सिटी ६३०० चिपसेट तथा ग्राफिक्सका लागि मालि-जी५७ जीपीयू जडान गरिएको छ। यसमा ६ जीबीसम्मको र्याम र १२८ जीबीसम्मको युएफएस २.२ स्टोरेज उपलब्ध छ।

भिभो वाई६केमा १३ मेगापिक्सेलको मुख्य रियर क्यामरा छ, जसमा एफ/२.२ अपर्चर रहेको छ। सेल्फी र भिडियो कलिङका लागि यसमा ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा दिइएको छ। फोनमा ६५०० एमएएचको ब्याट्री छ र यसले १५ वाटको फास्ट चार्जिङलाई समर्थन गर्छ। कम्पनीका अनुसार, यसको ब्याट्रीले ५ वर्षसम्म राम्रो अवस्था कायम राख्न सक्छ।

कनेक्टिभिटीका लागि, यो फोनमा फाइभजी, वाईफाई ५ र ब्लुटुथ ५.४ जस्ता फिचरहरू समावेश छन्। यसमा चार्ज गर्नका लागि युएसबी टाइप सी पोर्टका साथै ३.५ एमएमको हेडफोन ज्याक पनि दिइएको छ। यो डिभाइस धुलो र पानीबाट सुरक्षाका लागि आईपी६५ रेटेड छ।

Sajilo Visa
easy care