एनभिडियाबाट राजीनामा दिएका जेन्सेन हुवाङको स्थानमा एप्पलका टिम कुकलाई ल्याउनुपर्ने अमेरिकी राष्ट्रपतिको सुझाव
काठमाडौं ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना सबैभन्दा नजिकका कर्पोरेट सहयोगीलाई पदबाट हटाइएको विषयमा टिप्पणी गरेका छन्। उनले एनभिडिया कर्पका सीईओ जेन्सेन हुआङको स्थानमा ठाउँमा अर्का एक व्यक्तिलाई ल्याउनुपर्ने सुझाव दिए।
उनले हुवाङको कामलाई उत्कृष्ट भएको भन्दै राजीनामा दिएका उनको स्थानमा एप्पलका अध्यक्ष टिम कुकलाई ल्याउनुपर्ने बताएका छन्।
“अत्यन्तै उत्कृष्ट काम गरेका एनभिडियाका सीईओ जेन्सेन हुआङले राजीनामा दिएका छन्, अब उनको ठाउँ लिन सक्ने एक मात्र व्यक्ति छन् — एप्पलका टिम कुक,” ट्रम्पले ‘ट्रुथ सोसल’ मा लेखे।
“एक दिग्गजको ठाउँमा अर्का दिग्गज!” ट्रम्पले लेखे।
भर्खरै हुवाङले विवादास्पद रोमान्सको कारण पदबाट राजीनामा दिएको कम्पनीले घोषणा गरेको छ।
यसैबीच, बिहीबार एनभिडियाको सेयर मूल्यमा करिब १० प्रतिशतको भारी गिरावट आयो। चिप निर्माता कम्पनीका सीईओ तथा सञ्चालक समितिका सदस्य जेन्सेन हुआङले तत्काल लागू हुने गरी आफ्नो पदबाट राजीनामा दिने घोषणा गरेपछि कम्पनीको बजार पुँजीकरण ४ ट्रिलियन डलरभन्दा तल झरेको छ।
एनभिडियाले बिहीबार जारी गरेको विज्ञप्ति अनुसार, नयाँ नेतृत्व नियुक्त नभएसम्मका लागि प्रमुख वित्तीय अधिकृत कोलेट क्रेसले अन्तरिम सीईओको जिम्मेवारी सम्हाल्नेछिन्। सिनोप्सिसका पूर्व सीईओ हार्भे सी. जोन्स कम्पनीको सञ्चालक समितिका पहिलो अध्यक्ष बन्नेछन्।
आइतबार, हुआङले आफ्नो विवाहेत्तर सम्बन्ध रहेको स्वीकार गरे। ‘द फाइनान्सियल टाइम्स’ का अनुसार, उनी क्लाउड कम्पनी ‘मेगास्पिड’ की कार्यकारी अधिकृत एलिस हुआङसँग प्रेम सम्बन्धमा थिए। अमेरिकी गुप्तचर अधिकारीहरूका अनुसार एलिस हुआङ चीनका लागि जासुसी गर्ने व्यक्ति हुन्।
‘द न्युयोर्क टाइम्स’ ले बुधबार जनाए अनुसार, हुआङको एनभिडियामै स्वास्थ्य सेवा विभागकी उपाध्यक्ष किम्बर्ली पावेलसँग पनि अर्को विवाहेत्तर सम्बन्ध थियो। ‘टाइम्स’ का अनुसार, पावेलले प्रत्यक्ष रूपमा हुआङकै मातहतमा रहेर काम गर्थिन्।