Samsung

एन्ड्रोइडमा आधारित नयाँ पुस्ताका ल्यापटप सार्वजनिक गर्ने तयारीमा सामसङ

एन्ड्रोइडमा आधारित नयाँ पुस्ताका ल्यापटप सार्वजनिक गर्ने तयारीमा सामसङ
Global IME Bank

सामसङले विन्डोज अपरेटिङ सिस्टमको सट्टा एन्ड्रोइडमा आधारित नयाँ पुस्ताका ल्यापटप सार्वजनिक गर्ने तयारी गरेको छ। कम्पनीको वान यूआई ९.५ सफ्टवेयरको परिक्षण भर्सनमा यी उपकरणबारे पहिलो जानकारि सार्वजनिक भएको हो।

एन्ड्रोइड अथोरिटि पोर्टलका अनुसार सामसङले ओरिजिन नाम अन्तर्गत कम्तीमा दुईवटा ल्यापटप मोडल विकास गरिरहेको छ।

सफ्टवयरको कोडमा ओरिजीन१४वाईफाई र ओरिजीन१६वाईफाई नामका संकेत भेटिएका छन्। यसले ती ल्यापटपमा १४ र १६ इन्चका डिस्प्ले रहने संकेत गर्दछ।

टेलिग्राफका अनुसार, यी डिभाइसलाई एक्सई९४०एक्सएसए र एक्सई९६०एक्सएसए मोडल नम्बरसँग जोडिएको छ। सार्वजनिक भएका विवरणअनुसार दुबै ल्यापटपमा क्वालकम स्न्यापड्रागन एक्स एलिट प्रोसेसर प्रयोग हुने सम्भावना रहेको छ। विशेषगरि १२ कोर भएको एक्स१ई–८०–१०० भर्सन प्रयोग गरिने बताइएको छ।

विन्डोज अपरेटिङ सिस्टममा संचालन हुने सामसङका ग्यालेक्सी बुक ल्यापटपभन्दा फरक यी नयाँ डिभाइसमा एन्ड्रोइड १७ र ठुलो स्किृन, किबोर्ड तथा टचप्याडका लागि अनुकुलित वान यूआई९.५ इन्टरफेस रहने अपेक्षा गरिएको छ।

सार्वजनिक भएको सफ्टवेयर कोर्डले सामसङले ल्यापटपका लागि छुट्टै प्रयोगकर्ता इन्टरफेस तयार गरिरहेको पनि देखाएको छ। यसमा आफ्नै टाक्सबार, डिस्प्ले सेटिङ्स र एकै पटक धेरै विन्डो संचालन गर्न सकिने सुविधा समावेश हुने छ।

सम्भावित फिचरर्स सर्कल टु सर्च, आर्टिफिसियल इन्टेलिजेन्समा आधारित विभिन्न सुविधा, अटोमेटिक किबोर्ड लाइटिङ, ह््याप्टिक प्रतिक्रिया दिने टचप्याड समाावेश हुन सक्छन्।

सामसङले आफ्नो ग्यालेक्सी इकोसिस्टमसँग पनि यी ल्यापटपको एकीकरणलाई थप विस्तार गर्ने योजना बनाएको छ। सफ्टवेयरमा रहेका संकेतअनुसार प्रयोगकर्ताले ल्यापटपबाटै मोबाइल एप संचालन गर्न, जोडिएका डिभाइस ब्यवस्थापन गर्न तथा कल गर्न सक्ने सुविधा उपलब्ध हुन सक्छ।

जनकारि अनुसार, दुबै मोडलमा सुरुवाति चरणमा वाईफाईमार्फत मात्रै इन्टरनेट चलाउन सकिने सम्भावना रहेको छ। मोबाइल नेटवर्क समर्थन गर्ने भर्सनबारे भने अहिले सम्म पुष्टि भएको छैन्। सफ्टवेयर कोडका केहि विवरणले ठूलो मोडलमा टचस्क्रिन समेत हुन सक्ने संकेत गरेका छन्।

यी ल्यापटप गुगलले हाल संचालित क्रोमबुक डिभाइसको विकल्पका रुपमा विकास गरिरहेको एन्ड्रोइड कम्प्यूटरको नयाँ पुस्ताको हिस्सा हुन सक्ने अनुमान गरिएको छ।

सामसङले ओरिजिन ल्यापटप सार्वजनिक गर्ने विषयमा हालसम्म औपचारिक घोषणा गरेको छैन भने यसको मुल्य र बजारमा उपलब्ध हुने मिति सार्वजनिक भएको छैन।

वान यूआई ९.५ सन् २०२७ को सुरुवातमा सार्वजनिक हुने अनुमान गरिएकाले नयाँ ल्यापटप पनि सोहि आवधिमा सार्वजनिक हुन सक्ने सम्भावना रहेको टेलिग्राफले जनाएको छ।

Sajilo Visa
easy care