Highlight News

असोज महिनामा इन्टरनेट बैंकिङमार्फत् भएको कारोबार रकम र सङ्ख्या दुवैमा उल्लेख्य गिरावट

असोज महिनामा इन्टरनेट बैंकिङमार्फत् भएको कारोबार रकम र सङ्ख्या दुवैमा उल्लेख्य गिरावट
Global IME Bank

नेपालमा चालु आर्थिक वर्ष २०८३/८४ को तेस्रो महिना असोजमा इन्टरनेट बैंकिङमार्फत् भएको कारोबार रकम र सङ्ख्यामा अघिल्लो महिनाको तुलनामा उल्लेखनीय रुपमा घटेको छ।

नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको २०८३ असोज मसान्तसम्मको मासिक भुक्तानी प्रणाली सूचक अनुसार इन्टरनेट बैंकिङ कारोबारको सङ्ख्या र रकम दुवै उल्लेख्य मात्रामा घटेको पाइएको हो।

साउन मसान्तबाट बाट भदौ मसान्तसम्म आइपुग्दा इन्टरनेट बैंकिङमार्फत् भएको कारोबार सङ्ख्या ४२ हजार २०३ ले बढेर समग्रमा ६ लाख २४ हजार ४५४ मा पुगेको थियो। तर भदौबाट असोज मसान्तसम्मको एक महिनाको अवधिमा भने यो आँकडा १ लाख ४० हजार ९९२ ले घटेर ४ लाख ८३ हजार ४६२ मा आइपुगेको छ।

यसैगरी कारोबार रकम साउन मसान्तबाट भदौ मसान्तसम्म आइपुग्दा १ अर्ब ५९ करोड ५० लाखले बढेर २२ अर्ब ७४ करोड ८० लाख पुगेकोमा भदौबाट असोज मसान्तसम्मको एक महिनाको अवधिमा यो आँकडा १२ अर्ब ४५ करोड ३० लाखले घटेर समग्रमा १० अर्ब २९ करोड ६० लाखमा झरेको प्रतिवेदनले देखाएको छ।

Sajilo Visa
easy care