काठमाडौं ।
सामसङ नेपालले बाढीबाट प्रभावित समुदायहरूलाई सहयोग गर्न एक विशेष मर्मत सेवा अभियानको घोषणा गरेको छ।
बाढीपीडित परिवार र समुदायहरू बिस्तारै सामान्य जीवनमा फर्कन थालेका बेला, मर्मत तथा नयाँ सामान फेर्दा लाग्ने आर्थिक भारलाई कम गर्दै अत्यावश्यक मोबाइल फोन र घरायसी सामानहरू पुनः सञ्चालनमा ल्याउन सहयोग गरेको हो।
यस अभियानअन्तर्गत सामसङ नेपालले नारायणघाट सर्भिस सेन्टर र ताम्राकार सर्भिस सेन्टर पाकोमा विशेष मर्मत सेवा केन्द्र सञ्चालन गरी सामसङका विभिन्न उत्पादनहरूका लागि मर्मत सुविधा प्रदान गरिरहेको छ।
घरायसी सामानहरूका लागि घरमै पुगेर सेवा दिने व्यवस्था गरिएको छ। यस अभियानमा मोबाइल उपकरणहरू (स्मार्टफोन र ट्याब्लेट) का साथै फ्रिज, वासिङ मेसिन, टेलिभिजन र अन्य योग्य घरायसी सामानहरू समावेश छन्।
यो सेवा क्याम्प नेपाल सरकारले विपद् संकटग्रस्त घोषणा गरेका १५ वटा स्थानीय तहका बाढी प्रभावित क्षेत्र तथा वरपरका जिल्लाहरू रसुवा, नुवाकोट, धादिङ, चितवन, गोर्खा र तनहुँका लागि ल्याइएको कम्पनीको भनाइ छ।
छनोट भएका सामसङका घरायसी सामानहरूमा पाइने छुट र सुविधाहरू :
वारेन्टी बाँकी भएको सामानमा मर्मत छुट र नयाँ फेर्न परेमा १०० प्रतिशत छुट रहेको छ भने १–२ वर्ष पुरानोमा ८० प्रतिशत र २–५ वर्ष भन्दा माथि ७० प्रतिशत सम्म छुट रहेको छ।
स्मार्टफोन र ट्याब्लेटसहितका छनोट भएका सामसङ मोबाइल उपकरणहरूमा पाइने छुट र सुविधाहरू यस प्रकार छन्।
वारेन्टी बाकी भएको फोन मर्मत छुट र नयाँ फेर्न परेमा १०० प्रतिशत छुट रहेको छ भने १–२ वर्ष पुरानोमा ८० प्रतिशत र २–४ वर्ष पुरानोमा ७० प्रतिशत सम्म छुट रहेको छ।
सामानका नयाँ पार्टपुर्जा, मर्मत ज्याला र ढुवानी खर्च जोड्दा उक्त सामानको कुल बजार मूल्यको ८० प्रतिशतभन्दा बढी हुन पुगेमा मर्मत गर्नुको साटो नयाँ सामान उपलब्ध गराउने विषयमा विचार गर्न सकिनेछ।
कम्पनीका अनुसार यो विशेष मर्मत सेवा अभियान अक्टोबर २, २०२६ देखि नोभेम्बर २, २०२६ सम्म नारायणघाट सर्भिस सेन्टर र पाको ताम्राकारमा विशेष सर्भिस क्याम्पका रूपमा सञ्चालन भइरहेको छ।
प्रकाशित: २७ आश्विन २०८३, मंगलवार