मोटोरोला एज ६० नियो ५,००० एमएएच ब्याट्री र आईपी६९ रेटिङको साथ डेब्यू

  • Technology Khabar | २३ भाद्र २०८२, सोमबार
मोटोरोला एज ६० नियो ५,००० एमएएच ब्याट्री र आईपी६९ रेटिङको साथ डेब्यू

काठमाडौं ।

मोटोरोलाले एज ६० नियोको लन्चसँगै आफ्नो एज ६० परिवार विस्तार गरेको छ। नयाँ प्रोसेसर र ठूलो ब्याट्रीको साथ एज ५० नियोको उत्तराधिकारीको रुपमा मोटोरोला एज ६० नियो ह्यान्डसेट ल्याइएको बताइएको छ।

मोटोरोला एज ६० नियो ४एनएम मिडियाटेक डाइमेन्सिटी ७४०० एसओसीद्वारा सञ्चालित रहेको छ जसलाई १२ जीबी सम्मको र्याम र ५१२ जीबी स्टोरेजको साथ पेयर्ड गरिएको छ। यो डिभाइसले एन्ड्रोइड १५ रन गर्ने उल्लेख गरिएको छ।

मोटोरोला एज ६० नियोमा १२०हर्ज को रिफ्रेस रेट, फुल एचडी+ रिजोल्युसन र ३,००० निट्सको पिक ब्राइटनेससहितको ६.३६ इन्चको ओएलईडी एलटीपीओ डिस्प्ले समावेश गरिएको छ। डिस्प्ले कोर्निङको गोरिल्ला ग्लास ७आई द्वारा सुरक्षित गरिएको र एचडीआर१०+ अनुरूप रहेको बताइएको छ।

फोनमा प्याक गरिएको ५,००० एमएएच ब्याट्रीले ६८ वाट वायर्ड र १५ वाट वायरलेस चार्जिङलाई समर्थन गर्दछ। यो फोन आईपी६८/आईपी६९ रेटिङको साथ आउँछ र एमआईएल–एसटीडी–८१०एच प्रमाणीकरण प्राप्त गरेको छ। डिभाइसको तौल १७४.५ ग्राम र मोटाइ ८.०९ एमएम पातलो रहेको छ।

एज ६० नियोमा गत वर्षको मोडेलको जस्तै ट्रिपल क्यामरा सेटअप रहेको छ। उक्त क्यामरा सेटअपमा ओआईएस सहितको ५० मेगापिक्सेलको सोनी लिटिया ७००सी प्राथमिक क्यामरा, १२० डिग्री एफओभी सहितको १३ मेगापिक्सेलको अल्ट्रावाइड युनिट र ३× अप्टिकल जुम र ओआईएस सहितको १० मेगापिक्सेलको टेलिफोटो क्यामरा रहेका छन्।

सेल्फीका लागि, फोनमा एफ/२.४ एपर्चर भएको ३२ मेगापिक्सेलको क्यामरा समावेश गरिएको छ। अन्य हाइलाइटहरूमा एनएफसी समर्थन, वाई–फाई ६ई, ब्लुटुथ ५.४, इन–डिस्प्ले फिङ्गरप्रिन्ट स्क्यानर र डल्बी एटमस सहितको स्टेरियो स्पिकरहरू समावेश छन्।

मोटोरोला एज ६० नियो युरोपमा प्यान्टोन फ्रोस्टबाइट, प्यान्टोन पोइनसियाना र प्यान्टोन ग्रिसेल रङ्गहरूमा उपलब्ध हुनेछ। साथै मूल्य निर्धारण आगामी दिनहरूमा प्रत्येक व्यक्तिगत बजारको लागि पुष्टि गरिने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

प्रकाशित: २३ भाद्र २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Deepal Nevo Q05 launched in Nepal

  • २३ भाद्र २०८२, सोमबार

The new Box by Nammi is coming soon; launching at NADA 2026

  • २३ भाद्र २०८२, सोमबार

Fifth edition of ‘Digital Nepal Conclave 2026’ to be held this week

  • २३ भाद्र २०८२, सोमबार