कान्तिपुर सिटी कलेजमा बी टेक इन एआई कार्यक्रम सुरु

  • Technology Khabar | २३ भाद्र २०८२, सोमबार
कान्तिपुर सिटी कलेजमा बी टेक इन एआई कार्यक्रम सुरु

काठमाडौं ।

पूर्वाञ्चल विश्वविद्यालयसँग आवद्ध कान्तिपुर सिटी कलेजले नेपालकै नयाँ शैक्षिक आवश्यकता र विश्वव्यापी प्रविधि विकासलाई ध्यानमा राखी बी टेक इन एआई कार्यक्रम सञ्चालनमा ल्याएको छ।

यो कार्यक्रम एआई विशेषकरणमा केन्द्रित स्नातक तहको डिग्री हो, जसले विद्यार्थीलाई कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी गहिरो ज्ञान, अनुसन्धान, र व्यावहारिक दक्षता प्रदान गर्नेछ।

कार्यक्रमको उद्देश्य:

– नेपालमा बढ्दो डिजिटल अर्थतन्त्रलाई सहयोग पुर्‍याउने दक्ष जनशक्ति उत्पादन गर्ने।
– विद्यार्थीलाई विश्व स्तरमा प्रतिस्पर्धी बनाउन आवश्यक ज्ञान र सीप प्रदान गर्ने।
– कृषि, स्वास्थ्य, शिक्षा, वित्त, सञ्चार, यातायात जस्ता क्षेत्रमा AI-आधारित समाधान विकास गर्न सक्ने प्राविधिक विशेषज्ञ तयार गर्ने।
– उद्यमशीलता र अनुसन्धानलाई प्रोत्साहन गर्ने।

पाठ्यक्रमका मुख्य विशेषता:

– मेशीन लर्निङ र डीप लर्निङ

-डाटा साइन्स एण्ड बिग डाटा एनालाइसिस

-नेचुरल ल्याङ्ग्वेज प्रोसेसिङ (एनएलपी)

-कम्प्युटर भिजन एण्ड रोबोटिक्स

-एआई एप्लिकेशन इन स्मार्ट एग्रिकल्चर, हेल्थकेयर, एण्ड फिनटेक
– प्रत्येक सेमेस्टरमा इण्डस्ट्री प्रोजेक्ट/ रिसर्च प्रोजेक्ट
– अन्तिम वर्षमा स्पेसलाइजेशन र क्यापस्टोन प्रोजेक्ट

शिक्षण पद्धति:

– प्रोजेक्ट बेस्ड लर्निङ (पीबीएल)
– रिसर्च एण्ड इण्डस्ट्री कोलाबोरेशन
– प्रयोगशाला–केन्द्रित सिकाइ
– अन्तर्राष्ट्रिय सम्मेलन र सेमिनारमा सहभागिता अवसर

एआई शिक्षा किन नेपालमा महत्त्वपूर्ण?

– नेपालमा डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनको लागि एआई मुख्य आधार हो।
– स्वास्थ्यमा टेलिमेडिसिन, कृषि क्षेत्रमा स्मार्ट फार्मिङ, वित्त क्षेत्रमा फिन टेक र शिक्षा क्षेत्रमा ई लर्निङ प्रणालीलाई एआई प्रविधिले सक्षम बनाउनेछ।
– युवाहरूलाई विदेश पलायनबाट रोक्दै स्वदेशमै उच्चस्तरीय अध्ययन गर्ने अवसर प्रदान गर्ने।
– नेपालको सामाजिक र आर्थिक समस्यालाई समाधान गर्न विद्यार्थीलाई नवीनतम प्रविधि प्रयोग गर्ने क्षमता दिने।
बी.टेक. इन एआईको मार्गचित्र सम्बन्धी अन्तरक्रिया कार्यक्रम

केसीसीले बंगलादेशको ढाका विश्वविद्यालय, इन्जिनियरिङ र प्रविधि संकायका प्राध्यापक प्रा. डा. मोइनुल इस्लाम जाबेर को विशिष्ट उपस्थितिमा बी.टेक. इन एआईको मार्गचित्र सम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गर्‍यो।

कार्यक्रममा कृत्रिम बुद्धिमत्ताको शैक्षिक दायरा, अनुसन्धान सम्भावना, र भविष्यका अवसरहरूको बारेमा विस्तृत छलफल भयो। साथै, नेपालको डिजिटल अर्थतन्त्र र सामाजिक–आर्थिक विकासमा एआईको भूमिकाबारे पनि विचार विमर्श गरियो।

यस अवसरमा केसीसीका संकाय सदस्यहरूले डा. जाबेरसँग प्रत्यक्ष संवाद गर्दै एआई शिक्षा, अनुसन्धान, र उद्योग अनुप्रयोगसम्बन्धी अन्तर्राष्ट्रिय दृष्टिकोण हासिल गर्ने अवसर पाए।

प्रकाशित: २३ भाद्र २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Deepal Nevo Q05 launched in Nepal

  • २३ भाद्र २०८२, सोमबार

The new Box by Nammi is coming soon; launching at NADA 2026

  • २३ भाद्र २०८२, सोमबार

Fifth edition of ‘Digital Nepal Conclave 2026’ to be held this week

  • २३ भाद्र २०८२, सोमबार