दशैँको अवसरमा अनर नेपालद्वारा पाँच सय प्रमुख खुद्रा व्यापारीसँग विशेष कार्यक्रम

  • Technology Khabar | २६ आश्विन २०८३, सोमबार
दशैँको अवसरमा अनर नेपालद्वारा पाँच सय प्रमुख खुद्रा व्यापारीसँग विशेष कार्यक्रम

काठमाडौं ।

बडादशैँको अवसरमा नेपालमा अनर स्मार्टफोनको आधिकारिक वितरक सेल्ट्रोन नेपाल प्रा. लि.ले देशभरका पाँच सय प्रमुख रिटेलर्ससँग खुसी साटासाट गर्दै विशेष कार्यक्रम आयोजना गरेको छ।

खुद्रा विक्रेताहरुका लागि सरप्राइजका रूपमा आयोजना गरिएको यस कार्यक्रममा सेल्ट्रोन नेपालको टोली विभिन्न रिटेल स्टोरमा पुगेर केक काट्नुका साथै दशैँको शुभकामना आदानप्रदान गरेको कम्पनीले जनाएको छ।

ब्रान्डको टोली आफ्नै पसलमा पुगेर यस्तो विशेष कार्यक्रम आयोजना गर्दा रिटेलर्स उत्साहित र खुसी भएका थिए।

कम्पनीका अनुसार अनर स्मार्टफोनको बजार विस्तारमा खुद्रा विक्रेताको महत्त्वपूर्ण योगदानको कदर गर्दै आयोजना गरिएको यस कार्यक्रमले सेल्ट्रोन नेपाल र रिटेलर्सबीचको व्यावसायिक सम्बन्धलाई थप आत्मीय बनाएको छ।

‘सेल्ट्रोन नेपालका लागि खुद्रा बिक्रेता व्यावसायिक साझेदार मात्र नभई अनरको सफलताका सहयात्री हुन्। उनीहरूको विश्वास, साथ र सहकार्यलाई सम्मान गर्दै आगामी दिनमा पनि आपसी सम्बन्धलाई थप सुदृढ बनाउने र अनर ब्रान्डलाई नेपाली उपभोक्तामाझ अझ स्थापित गर्ने प्रतिबद्धता छ’, कम्पनीले भनेको छ।

प्रकाशित: २६ आश्विन २०८३, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...