काठमाडौं ।
अनरको एक्स सिरिजअन्तर्गतको नयाँ स्मार्टफोन अनर एक्स९ई एस आधिकारिक रूपमा सार्वजनिक भएको छ।
८ जीबी र्याम र २५६ जीबी क्षमता भएको यो फोनको सुरुवाती मूल्य १ हजार ४९९ साउदी रियाल (४०० अमेरिकी डलर) तोकिएको छ।
यो स्मार्टफोन हेर्दा पहिले सार्वजनिक भएको जस्तै देखिन सक्छ। यसको कारण अनर एक्स९ई एस गत अगस्टमा सार्वजनिक भएको अनर टर्बोको नामकरण गरिएको संस्करण हो।
यो स्मार्टफोन दवान ओरेन्ज, मिडनाइट ब्ल्याक र ग्लेसियर ह्वाइट गरी तीन रङमा उपलब्ध रहेको छ। स्मार्टफोनमा ६.७९ इन्चको एमोलेड डिस्प्ले रहेको छ।
यसमा क्वालकमको स्न्यापड्रागन ६ जेन ४ प्राेसेसर प्रयोग गरिएको छ।
फोटो खिच्नका लागि फोनको पछिल्लो भागमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा र ५ मेगापिक्सेलको अल्ट्रा वाइड एंगल लेन्स राखिएको छ।
टेलिग्राफका अनुसार, सफ्टवेयरतर्फ स्मार्टफोनमा एन्ड्रोइड १६ मा आधारित म्याजिक ओएस १० रहेको छ। यसमा ८ हजार ५६० मिलियम्प आवोर क्षमताको ब्याट्री रहेको छ जसले ८० वाटको चार्जिङलाई समर्थन गर्छ।
प्रकाशित: १५ कार्तिक २०८३, आईतवार