फ्रान्सेली फुटबल क्लब पीएसजी र गुगलबीच एआईसम्बन्धी साझेदारी

  • Technology Khabar | १९ श्रावण २०८३, मंगलवार
फ्रान्सेली फुटबल क्लब पीएसजी र गुगलबीच एआईसम्बन्धी साझेदारी
एआईमार्फत् बनाइएको सांकेतिक तस्बिर

काठमाडौं ।

फ्रान्सको फुटबल क्लब पेरिस सेन्ट–जर्मेन (पीएसजी) ले गुगलसँग कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी साझेदारी गरेको छ।

गत सिजन फ्रान्सेली लिग च्याम्पियन तथा युरोपियन च्याम्पियन्स लिग विजेता पीएसजीले सोमबार गुगलसँग साझेदारी सम्झौता भएको घोषणा गरेको हो।

पीएसजीले आफ्नो वेबसाइटमा जारी गरेको विज्ञप्तिअनुसार गुगलको जेमिनी पीएसजीको आधिकारिक एआई सहायक बन्नेछ भने गुगल पिक्सेल पीएसजीको आधिकारिक स्मार्टफोन हुनेछ।

यसका साथै, पीएसजीले पेरिसस्थित आफ्नो घरेलु मैदान पार्क दे प्रिन्सेस रंगशालामा गुगलका लागि विशेष स्थान पनि स्थापना गर्ने रोयटर्सले उल्लेख गरेको छ।

हाल फुटबल क्लबहरू र खेलकुद क्षेत्रमा एआईको प्रयोग बढ्दो क्रममा छ। एआईलाई खेलसम्बन्धी तथ्यांक विश्लेषण गर्न तथा सामाजिक सञ्जालका लागि सामग्री तयार गर्न प्रयोग गर्न थालिएको छ।

यसअघि सन् २०२५ मा इङ्ग्लिस प्रिमियर लिग र माइक्रोसफ्टले पाँच वर्षे साझेदारी घोषणा गरेका थिए। उक्त सम्झौताअनुसार माइक्रोसफ्टको कोपाइलटलाई प्रिमियर लिगका डिजिटल प्लेटफर्ममा खेलसम्बन्धी तथ्य र तथ्यांक उपलब्ध गराउन प्रयोग गरिएको छ।

प्रकाशित: १९ श्रावण २०८३, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार