टेलिअपरेटरहरूको सहायतासहित रोबोट्याक्सी सञ्चालन गर्ने योजनामा टेस्ला

  • Technology Khabar | २७ मंसिर २०८१, बिहीबार
टेलिअपरेटरहरूको सहायतासहित रोबोट्याक्सी सञ्चालन गर्ने योजनामा टेस्ला

काठमाडौं ।

टेस्लाले हालै आफ्नो रोबोट्याक्सी सेवा सुरु गर्ने लक्ष्य लिएको छ। यसका लागि कम्पनीले आफ्नै सवारीसाधनको समूह प्रयोग गर्ने योजना बनाएको छ। सुरक्षाका लागि मानवीय टेलिअपरेटरहरूको सहायता लिइने रोयटर्सले उल्लेख गरेको छ।

यो जानकारी डोइच बैंकले टेस्लाका लगानी सम्बन्ध प्रमुख ट्राभिस एक्सलरोडसँगको बैठकपछि दिएको नोटमा उल्लेख गरेको छ।

डोइच बैंकका अनुसार टेस्लाले आफ्नो सस्तो गाडी अर्को वर्षको पहिलो ६ महिनाभित्र ल्याउने योजना बनाएको छ भने अन्य मोडेलहरू वर्षको अन्त्यतिर सार्वजनिक गर्ने तयारीमा रहेको जानकारी बैंकले शुक्रबार प्रकाशित गरेको थियो।

डोइच बैंकले टेस्लाको शेयर मूल्य लक्ष्य २९५  डलरबाट बढाएर ३७० डलर पुर्याएको छ। सोमबार टेस्लाका शेयरहरू लगभग १% घटेर ३८६.०४ मा कारोबार भइरहेका थिए।

प्रकाशित: २७ मंसिर २०८१, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार