भिभो एक्स फोल्डका विशिष्टताहरू लीक, ८ इन्चको डिस्प्ले र ५० मेगा क्वाड क्यामरा

  • Technology Khabar | १९ फाल्गुन २०७८, बिहीबार
भिभो एक्स फोल्डका विशिष्टताहरू लीक, ८ इन्चको डिस्प्ले र ५० मेगा क्वाड क्यामरा

काठमाडौं ।

भिभोले यो महिना भिभो एक्स नोट र एक्स फोल्ड जस्ता नयाँ एक्स  श्रृङ्खलाका फ्ल्यागशिपहरू सार्वजनिक गर्ने अपेक्षा गरिएको छ। यी यन्त्रहरू पहिले भिभो नेक्स ५ र नेक्स ब्रान्डेड फोल्डेबल फोनको रूपमा डेब्यु गर्ने हल्ला थियो।

भरपर्दो टिपस्टर डिजिटल च्याट स्टेशनले भर्खरै भिभो एक्स नोट को मुख्य स्पेसिफिकेशनहरू लीक गरेका छन् र एक्स फोल्डको सबै प्रमुख स्पेसिफिकेशनहरू उनले नयाँ वेबो पोष्टमा राखेका छन्।

भिभो एक्स फोल्ड विशिष्टताहरू (अफवाह)

भिभो एक्स फोल्ड भिभोको पहिलो फोल्ड गर्न मिल्ने स्मार्टफोनको रूपमा आउँदैछ। नयाँ लीकले दावी गरेअनुसार डिभाइसको अगाडि भागमा पंच-होल डिजाइनको साथ कर्भ एज डिस्प्ले फिचर हुनेछ। यो ६.५ इन्चको डिस्प्ले हुनेछ जसले फुल एचडी प्लस रिजोलुसन र १२० हर्ज रिफ्रेस रेट प्रदान गर्दछ।

यस्तो देखिन्छ कि एक्स फोल्डले सामसङ, ह्वावे, शाओमी र ओपोका फोल्ड गर्न मिल्ने डिभाइसहरू जस्तै इनवार्ड फोल्डिङ डिजाइन प्रयोग गर्नेछ। एक्स फोल्डको भित्री स्क्रिन ८ इन्चको हुनेछ र यसले क्वाड एचडी प्लस रिजोल्युसन र १२० हर्ज रिफ्रेस रेटको लागि समर्थन गर्नेछ। जहाँसम्म भित्री डिस्प्ले डिजाइनको सवाल छ, यसको दाहिने आधा भागमा पंच-होल हुनेछ।

स्न्यापड्रागन ८ जेन १ चिपसेटले भिभो एक्स फोल्ड चिपले चलाउने छ। लीकमा डिभाइसको र्याम र भण्डारण क्षमताको बारेमा कुनै जानकारी छैन। यो ४,६०० एमएएच ब्याट्रीद्वारा समर्थित हुनेछ र ८० वाटको फास्ट चार्जिंग तथा ५० वाट वायरलेस चार्जिंगको लागि सपोर्ट गर्दछ।

डिभाइसमा क्वाड-क्यामरा युनिट हुनेछ, जसमा ५० मेगापिक्सेल स्न्यापर, ४८ मेगापिक्सेल क्यामरा, २एक्स जुमको साथ १२ मेगापिक्सेल क्यामरा, र ५एक्स जुमको साथ ८ मेगापिक्सेल क्यामरा हुने दाबी गरिएको छ।

चिनियाँ टिपस्टरले एक्स फोल्डको अगाडि क्यामराको विवरण उल्लेख गरेनन्। डिभाइसको भित्री डिस्प्ले अल्ट्रासोनिक इन-डिस्प्ले फिंगरप्रिन्ट स्क्यानरले सुसज्जित हुनेछ।

प्रकाशित: १९ फाल्गुन २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार