एप्लिकेसन

पुराना प्रणाली स्तरोन्नति गर्दा प्रविधि सेवा अवरुद्ध हुने घटना बढ्न सक्ने अमेरिकी गुप्तचर प्रमुखको भनाइ

पुराना प्रणाली स्तरोन्नति गर्दा प्रविधि सेवा अवरुद्ध हुने घटना बढ्न सक्ने अमेरिकी गुप्तचर प्रमुखको भनाइ
Global IME Bank

अमेरिकाका कम्पनी र सरकारी निकायले पुराना प्रविधि प्रणालीलाई प्रतिस्थापन गर्दै नयाँ प्रणाली जडान गर्ने क्रममा सेवा अवरुद्ध हुने र अन्य समस्या देखिने घटना बढ्न सक्ने अमेरिकी गुप्तचर प्रमुखले आइतबार बताएका छन्।

‘सिस्टम स्तरोन्नतिको यो निरन्तर प्रक्रियाका क्रममा प्राविधिक त्रुटि, कमजोरी र सेवा अवरुद्ध हुने अवस्था आउन सक्छ,’ राष्ट्रिय गुप्तचर निर्देशक जे क्लेटनले सीएनएनको ‘स्टेट अफ द युनियन’ कार्यक्रममा भने, ‘यस्तो हुने नै छ।’

राष्ट्रपति डोनाल्ड ट्रम्पले कम्पनीका प्रविधि प्रणाली स्तरोन्नति गर्ने क्रममा पछिल्लो समय प्रविधिसम्बन्धी समस्या देखिएको बताएका केही दिनपछि क्लेटनले आइतबार बिहानका समाचार कार्यक्रममा अन्तर्वार्ता दिएका हुन्। प्रविधिमा भइरहेको तीव्र विकासका कारण पुराना प्रणालीमाथि दबाब बढिरहेको भन्दै उनले कार्यक्षमता र साइबर सुरक्षामा सुधार गर्न प्रणाली स्तरोन्नति आवश्यक रहेको बताए।

यसै महिना अमेरिकाका महत्वपूर्ण प्रणालीमा लगातार प्रविधिसम्बन्धी समस्या देखिएका थिए। यसका कारण देशभर हवाई सेवा अवरुद्ध भएको थियो भने माइक्रोसफ्टको प्रणालीमा समस्या आउँदा इमेल सेवा प्रभावित भएको थियो। त्यस्तै, प्राविधिक त्रुटिका कारण विभिन्न ठूला बैंकका सेवा प्रभावित भएका थिए भने राष्ट्रिय सुरक्षा एजेन्सीको नेटवर्कमा पनि केही समय अवरोध आएको थियो।

एबीसीको ‘दिस विक’ कार्यक्रममा बोल्दै क्लेटनले ती अवरोध कुनै समन्वित प्रयास वा विदेशी राज्यको संलग्नतामा भएका नभई प्राविधिक प्रणाली स्तरोन्नतिका क्रममा देखिएका समस्या भएको आफ्नो अघिल्लो भनाइ दोहोर्‍याए।

एफबीआई र कृषि विभागका प्रणालीमा भएको भनिएका छुट्टाछुट्टै साइबर आक्रमणबारे भने उनले विस्तृत जानकारी दिन अस्वीकार गरे। अनुसन्धानकर्ताहरूले ‘उचित समयमा’ त्यसबारे जवाफ दिने आफूले अपेक्षा गरेको उनले बताए।

Sajilo Visa
easy care