टेन्सेन्टले साना तथा मझाैला व्यवसायीका लागि विच्याट भुक्तानी शुल्क घटाउने

  • Technology Khabar | १९ फाल्गुन २०७८, बिहीबार
टेन्सेन्टले साना तथा मझाैला व्यवसायीका लागि विच्याट भुक्तानी शुल्क घटाउने

काठमाडौं ।

चिनियाँ सोसल मिडिया जायन्ट टेन्सेन्ट होल्डिङ्सले साना तथा मझोला व्यापारीहरुका लागि विच्याटमा भुक्तानी शुल्क घटाउने भएको छ।

कम्पनीले बिहीबार यस्तो निर्णय गर्दै विच्याटमार्फत् गरिने भुक्तानीमा लाग्ने सेवा शुल्क १० प्रतिशतले घटाउने घोषणा गरेको हो।

यो निर्णय आगामी सेप्टेम्बर १ तारिखदेखि शुरु भएर २०२४ को सेप्टेम्बर मसान्तसम्म लागू हुने रोयटर्समा उल्लेख छ।

यो सेवा प्राप्त गर्ने योग्यताका लागि व्यापारीहरुले चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालयले निर्धारण गरेको वर्गीकरणको मापदण्ड पूरा गरेको हुनुपर्छ।

विज्ञप्तिका अनुसार कम्पनीले यूजरहरुका बैंक खाताबाट रकम झिक्दा लाग्ने शुल्क पनि घटाउनेछ। यो नीतिले चीनका प्रविधि कम्पनीहरुले गत हप्ता चालेको कदमलाई पछ्याएको रोयटर्सले जनाएको छ।

बुधबार ई-कमर्स जायन्ट अलिबाबाद्वारा सञ्चालित फूड डेलिभरी सेवा एले डट मीले पनि कोभिड-१९ बाट पीडित व्यापारीहरुका लागि कमिसन शुल्क घटाउने बताएको छ।

प्रकाशित: १९ फाल्गुन २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...