व्यावसायिक स्याटेलाइट अपरेटरसँग रुसी सेनाहरु ट्र्याक गर्न युक्रेनले माग्यो मद्दत

  • Technology Khabar | १९ फाल्गुन २०७८, बिहीबार
व्यावसायिक स्याटेलाइट अपरेटरसँग रुसी सेनाहरु ट्र्याक गर्न युक्रेनले माग्यो मद्दत
सांकेतिक तस्बिर

काठमाडौं ।

युक्रेनका नेताहरूले विश्वभरका व्यापारिक स्याटेलाइट (उपग्रह) अपरेटरहरूलाई अन्तरिक्षबाट  खिचिएका तस्बिरहरू प्रदान गर्न अपील गर्दै छन् जुन चलिरहेको रुसी आक्रमणको विरूद्ध रक्षा गर्न मद्दत गर्दछ।

युक्रेनका उपप्रधानमन्त्री मिखाइलो फेडोरोभले आठ वाणिज्य अन्तरिक्ष कम्पनीहरूको नेतृत्वलाई सम्बोधन गरेर पत्र लेखेको द भर्जले जनाएको छ।

सो पत्रमा भनिएको छ, “हामीलाई रुसी सेनाको गतिबिधि हेर्ने अवसरको आवश्यकता छ, विशेष गरी रातमा।” “एसएआर स्याटेलाइट डाटा रातको समयमा रुसी सेना र सवारी साधनहरूको आवागमन बुझ्नको लागि महत्त्वपूर्ण छ, किनकी दिनमा बादलले युक्रेनको ८० प्रतिशत हिस्सा ढाक्छ।” (एसएआरले सिंथेटिक एपर्चर राडारलाई बुझाउँछ, जसले डाटा सङ्कलन गर्न सेन्सर प्रयोग गर्दछ।)

युक्रेनी उद्यमी म्याक्स पोल्याकोभले स्थापना गरेको व्यावसायिक अन्तरिक्ष कम्पनी, युक्रेनी सेना र ईओएस डाटा एनालिटिक्सलाई डाटा उपलब्ध गराउन अनुरोध गरिएको छ।

“ईओएस डाटा एनालिटिक्सले सैन्य अवस्थाको तुरुन्तै विश्लेषण गर्न सक्षम हुन आफ्नो प्लेटफर्म अपडेट गरेको छ,” कम्पनीले एक विज्ञप्तिमा भन्यो, “डाटालाई युक्रेनको सशस्त्र बल र मानवीय संस्थाहरूसँग वास्तविक समयमा प्रशोधन, विश्लेषण र साझेदारी गरिनेछ।”

प्रकाशित: १९ फाल्गुन २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Ncell claims publication of share transaction report to be a ‘Breach of Trust and Confidence’: Hints legal remedy

  • Technology Khabar
  • १९ फाल्गुन २०७८, बिहीबार