फक्सवागनले सुरु गर्यो ‘कार्निभल फेस्ट विथ टेस्ट ड्राइभ’

  • Technology Khabar | २४ आश्विन २०७८, आईतवार
फक्सवागनले सुरु गर्यो ‘कार्निभल फेस्ट विथ टेस्ट ड्राइभ’

काठमाडौं ।

फक्सवागनले नेपाली ग्राहकहरूको लागि दुई नयाँ स्किम ल्याएको छ। नेपालको लागि फक्सवागनको आधिकारिक वितरक पूजा इन्टरनेशनल नेपालले दसैंको उपलक्ष्यमा नयाँ उपभोक्ता-उन्मुख योजनाहरू सार्वजनिक गरेको हो।

कम्पनीले फक्सवागन पोलो र भेन्टोको खरिदमा भोल्सफेस्ट सर्प्राइज अफर दिएको छ। उक्त योजनाअन्तर्गत फक्सवागनको पोलो र भेन्टो कारको खरिदमा ग्राहकले आकर्षक उपहार प्राप्त गर्नेछन्।

योजना चालु समय यी गाडी खरिद गर्ने भाग्यशाली ग्राहकले बिएमडब्लु जि३१० जिएस मोटरसाइकल, सुजुकी बर्गम्यान स्कुटर, सामसङ ग्यालेक्सी जेड फ्लिप पाउने छन्।

कम्पनीकाअनुसार यो योजनाले ग्राहकहरूमाझ छोटो समयको लागि भएपनि खुशीयाली भर्नेछ।

त्यस्तै नयाँ एसयुभी टाइगुन अनवारण गरेको उपलक्ष्यमा एक महिना लामो ‘टाइगुन कार्निभल फेस्ट’को आयोजना गरिएको छ। यो फेस्ट तिहारसम्म चल्नेछ।

जसअन्तर्गत ग्राहकले आकर्षक नगद छुट, लोयल्टी बोनस, दुई वर्षको लागि असिमित किलोमिटर वारेन्टी, एक्सचेन्ज बोनस, सजिलो वित्तीय सुविधालगायत पाउनेछन्।

कम्पनीले उक्त फेस्टमा विभिन्न मनोरञ्जनात्मक खेलहरू पनि राखेको छ। खेलमा विजेता एक भाग्यमानीले गोसाइकुण्डसम्म हेलिकप्टर ट्रिप पाउनेछन्।

जर्मन इन्जिनियरिङमा आधारित नयाँ भोल्सवागन एसयुभी टाइगुनमा ४० भन्दा बढी सुरक्षाका विशेषताहरू छन्। कम्पनीले टाइगुनको सुरुवाती मूल्य जम्मा ५० लाख ९० हजार तोकेको जनाएको छ।

प्रकाशित: २४ आश्विन २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार