भदौ महिनामा ल्यापटप तथा नोटबुकको आयातमा वृद्धि

  • Technology Khabar | १७ आश्विन २०८३, शनिबार
भदौ महिनामा ल्यापटप तथा नोटबुकको आयातमा वृद्धि

काठमाडौं ।

आर्थिक वर्ष २०८३/८४ को दोस्रो महिना भदौ मसान्तसम्म ल्यापटप तथा नोटबुक आयातमा उल्लेख्य बढोत्तरी भएको छ।

हालै भन्सार विभागले अद्यावधिक गरेको वैदेशिक व्यापारको भदौ मसान्तसम्मको तथ्याङ्क अनुसार नेपालमा विभिन्न २७ देश र एउटा नाम नखुलेको स्थानबाट २ अर्ब ७८ करोड ४ लाख ४२ हजार रुपैयाँ बराबरका जम्मा २९ हजार ९०४ थान ल्यापटप तथा नोटबुकहरु आयात भएको पाइएको छ।

ल्यापटप तथा नोटबुकहरु लागि यो रकम देशबाहिर जाँदा सरकारले ५१ करोड ८१ लाख ९३ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।

सबैभन्दा धेरै २ अर्ब २३ करोड ३७ लाख ५६ हजार मूल्य बराबरका २४ हजार २१४ थान ल्यापटप तथा नोटबुकहरु चीनबाट आयात भएको छ।

यस्तो छ सङ्ख्याका आधारमा उत्कृष्ट १० को विवरण:

क्रं स देश विवरण (थान) रकम (हजारमा)
१ चीन २४२१४ २२३३७५६
२ कोरिया ११ ७३३
३ मलेशिया ६७३ ५५९१
४ जापान १७ ८२०
५ थाइल्याण्ड १४७८ १५७५१९
६ नाम नखुलेको स्थान ५७४ ४९५६८
७ अमेरिका ६९ ६४१६
८ भियतनाम २७०५ २७१११६
९ यूएई ९२ ५६७०
१० ताईवान १३ १६९८

प्रकाशित: १७ आश्विन २०८३, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार