काठमाडौं ।
इन्टरनेट प्रयोगकर्ताको सङ्ख्या बढेसँगै मोबाइल ब्रोडब्याण्ड लगायत तार (फाइबर)बाट इन्टरनेट जडान गर्नेको संख्या पनि बढ्दो छ।
नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को दोस्रो महिना अर्थात् २०८३ भदौ मसान्तसम्मको एमआईएस प्रतिवेदन अनुसार इन्टरनेट सेवा प्रदायक (आईएसपी) मार्फत इन्टरनेट जडान गर्नेको संख्या ३१ लाख ९१ हजार ५६० पुगेको छ।
नेपालमा आधिकारिक रुपमा सञ्चालनमा रहेकामध्ये ग्राहक संख्याको आधारमा नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायकको रुपमा वर्ल्डलिंक कम्युनिकेशन प्रालि रहेको छ। चालु आर्थिक वर्षको दोस्रो महिनामा पनि कम्पनीको यो साख यथावत नै छ।
ग्राहक सङ्ख्याका आधारमा उत्कृष्ट १० आईएसपी छान्ने क्रमका अधिकांश पुरानै सूचीमा परेकाहरु तलमाथि हुने गर्दछन् भने १० औं नम्बरमा परेको आईएसपी भने सधैं सूचीबाट बाहिरिने सम्भावनामा रहन्छ। यसैगरी यसअघि सूचीको वरपर पनि नदेखिएका केही कम्पनी उल्लेख्य ग्राहक थपेर अकस्मात् सूचीमा पर्ने पनि गरेका छन्।
विवरण अनुसार २०८३ भदौ मसान्तसम्मका टप १० आईएसपी यसप्रकार छन्:
१. वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेड
प्राधिकरणले अद्यावधिक गरेको तथ्याङ्क अनुसार २०८३ भदौ मसान्तसम्म वर्ल्डलिंक कम्युनिकेशन्सको इन्टरनेट जडान संख्या ११ लाख २२ हजार ९४ पुगेको छ। अघिल्लो महिना कम्पनीको समग्र ग्राहक सङ्ख्या ११ लाख २ हजार ९८४ थियो। एक महिनाको अवधिमा कम्पनीले १९ हजार ११० नयाँ ग्राहक थपेको छ।
२. भायानेट कम्युनिकेशन प्रालि ३८०९३७
प्राधिकरणले अद्यावधिक गरेको तथ्याङ्क अनुसार २०८३ भदौ मसान्तसम्म भायानेट कम्युनिकेशन्सको इन्टरनेट जडान संख्या ३ लाख ८० हजार ९३७ पुगेको छ। अघिल्लो महिना कम्पनीको समग्र ग्राहक सङ्ख्या ३ लाख ७९ हजार ६९६ थियो। एक महिनाको अवधिमा कम्पनीले १ हजार २४१ नयाँ ग्राहक थपेको छ।
३. डिश मिडिया नेटवर्क ३७४६२८
प्राधिकरणले अद्यावधिक गरेको तथ्याङ्क अनुसार २०८३ भदौ मसान्तसम्म डिश मिडिया नेटवर्कको ग्राहक सङ्ख्या ३ लाख ७४ हजार ६२८ पुगेको छ। अघिल्लो महिना कम्पनीको इन्टरनेट जडान संख्या ३ लाख ७४ हजार ८१५ रहेको थियो। एक महिनाको अवधिमा कम्पनीले १८७ ग्राहक गुमाएकोछ।
४. क्लासिक टेक प्रालि
प्राधिकरणले अद्यावधिक गरेको तथ्याङ्क अनुसार २०८३ भदौ मसान्तसम्म क्लासिक टेकको इन्टरनेट जडान संख्या ३ लाख ६५३ पुगेको छ। अघिल्लो महिना कम्पनीको समग्र ग्राहक सङ्ख्या २ लाख ९५ हजार ७९७ थियो। एक महिनाको अवधिमा कम्पनीले ४ हजार ८६५ नयाँ ग्राहक थपेको छ।
५. सुबिसु केबलनेट प्रालि २७२२७०
प्राधिकरणले अद्यावधिक गरेको तथ्याङ्क अनुसार २०८३ भदौ मसान्तसम्म सुबिसु केबलनेटको इन्टरनेट जडान संख्या २ लाख ७० हजार २७२ पुगेको छ। अघिल्लो महिना कम्पनीको ग्राहक सङ्ख्या २ लाख ७० हजार १७१ थियो। एक महिनाको अवधिमा कम्पनीले १०१ नयाँ ग्राहक थपेको छ।
६. वेबसर्फर नेपाल कम्युनिकेशन सिस्टम १७३२०४
प्राधिकरणले अद्यावधिक गरेको तथ्याङ्क अनुसार २०८३ भदौ मसान्तसम्म वेबसर्फर नेपाल कम्युनिकेशन सिस्टमको इन्टरनेट जडान संख्या १ लाख ७३ हजार २०४ पुगको छ। अघिल्लो महिना कम्पनीको समग्र ग्राहक सङ्ख्या १ लाख ७३ हजार ५०८ थियो। एक महिनाको अवधिमा कम्पनीले ३०४ ग्राहक गुमाएको छ।
७. टेकमाइण्ड्स नेटवर्क प्रालि ११२३७५
प्राधिकरणले अद्यावधिक गरेको तथ्याङ्क अनुसार २०८३ भदौ मसान्तसम्म टेकमाइण्ड्स नेटवर्क प्रालिको इन्टरनेट जडान संख्या १ लाख १२ हजार ३७५ पुगेको छ। अघिल्लो महिना कम्पनीको समग्र ग्राहक सङ्ख्या १ लाख १० हजार ५३५ थियो। एक महिनाको अवधिमा कम्पनीले १ हजार २४० नयाँ ग्राहक थपेको छ।
८. वाइफाइ नेपाल प्रालि १०६२७०
प्राधिकरणले अद्यावधिक गरेको तथ्याङ्क अनुसार २०८३ भदौ मसान्तसम्म वाइफाइ नेपाल प्रालिको इन्टरनेट जडान संख्या १ लाख ६ हजार २७० मा आइपुगेको छ। अघिल्लो महिना कम्पनीको समग्र ग्राहक सङ्ख्या १ लाख २१ हजार १५० थियो। एक महिनाको अवधिमा कम्पनीले १४ हजार ८८० ग्राहक गुमाएको छ।
९. सिजी कम्युनिकेसन प्रालि ९५४२३
प्राधिकरणले अद्यावधिक गरेको तथ्याङ्क अनुसार २०८३ भदौ मसान्तसम्म सिजी कम्युनिकेसन प्रालिको इन्टरनेट जडान संख्या ९५ हजार ४२३ पुगेको छ। अघिल्लो महिना कम्पनीको समग्र ग्राहक सङ्ख्या ९४ हजार ५२० थियो। एक महिनाको अवधिमा कम्पनीले ९०३ नयाँ ग्राहक थपेको छ।
१०. ब्रोडलिंक नेटवर्क एन्ड कम्युनिकेशन प्रालि 51191
प्राधिकरणले अद्यावधिक गरेको तथ्याङ्क अनुसार २०८३ भदौ मसान्तसम्म ब्रोडलिंक नेटवर्क एन्ड कम्युनिकेशन प्रालिको इन्टरनेट जडान संख्या ५१ हजार १९१ पुगेको छ। अघिल्लो महिना कम्पनीको समग्र ग्राहक सङ्ख्या ५३ हजार ६१७ थियो। एक महिनाको अवधिमा कम्पनीले २ हजार ४२६ नयाँ ग्राहक थपेको छ।
प्रकाशित: १७ आश्विन २०८३, शनिबार