
काठमाडौं ।
अमेरिकी अन्तरिक्ष नियोग नासाले आफ्नो आर्टेमिज चन्द्रयान परियोजनाका लागि व्यावसायिक संस्थाबाट पनि प्रस्ताव स्विकार गर्ने भएको छ।
गत वर्षको अप्रिलमा नासाले स्पेसएक्सलाई आर्टेमिज परियोजना अन्तर्गतको चन्द्रयान बनाउन छनोट गरेको थियो।
भविष्यमा अन्तरिक्षयात्रीलाई चन्द्रमासम्म पुर्याउनका लागि उक्त यानको प्रयोग हुने उद्देश्य राखिएको छ। तर नासाले स्पेसएक्सले बनाएको बाहेक पनि अन्य चन्द्रयान बनाउने उद्देश्यले नयाँ प्रस्ताव आह्वान गरेको बुझिएको छ।
यसरी बनेका यानहरु भने आर्टेमिज ३ बाहेकका अन्य मिसन्मा पनि प्रयोग हुन सक्ने इन्ग्याजेटले उल्लेख गरेको छ। यो यान एपोलो १७ पछि मानवसहित चन्द्रमाको सतहमा अवतरण गर्ने पहिलो हुने बुझिएको छ।
प्रस्तावको घोषणामा नासाले अर्को चन्द्रयान हुनुले सेवाको निरन्तरतालाई बढाउने भविष्यका चन्द्र अभियानहरुका बेला अन्तरिक्षयात्रीका लागि सहज आउजाउको सुविधा पुग्ने बताएको छ।
प्रकाशित: ११ चैत्र २०७८, शुक्रबार