आफ्नो क्यामरा लाइनअप विस्तार गर्दै गोप्रो, विशिष्टीकृत क्यामरा ल्याउने

  • Technology Khabar | २२ माघ २०७८, शनिबार
आफ्नो क्यामरा लाइनअप विस्तार गर्दै गोप्रो, विशिष्टीकृत क्यामरा ल्याउने

काठमाडौं ।

एक्शन क्यामरा ब्राण्ड गो प्रो ले आगामी वर्ष आफ्नो क्यामरा लाइनअप विस्तार गर्ने भएको छ।

यो लाइनअपमा यसअघि विद्यामान हिरो र म्याक्स क्यामराबाहेक अन्य दुई मोडलहरु थपिने द भर्जले जनाएको छ।

कम्पनीका संस्थापक तथा सीईओ निक वुडम्यानले कम्पनीको आम्दानी विवरण गर्ने क्रममा बिहीबार गोप्रोले अधिकांश विद्यमान प्रविधिकै प्रयोग गरी अझ बढी विशिष्ट क्यामराहरु ल्याउने बताएका हुन्।

गोप्रोले आफ्नो हिरो लाइनअपमा थुप्रै मोडलहरु उपलब्ध गराइसकेको छ। यिनीहरुमा हिरो ३ तथा ७ मा सेतो, सिल्भर र कालो रंगका तथा पछाडि स्क्रीन नभएको सेसन क्यामरालगायतका थिए।

हिरो ८ रिलिज भएपछि भने कम्पनीले फ्ल्यागशिप मोडलमात्र सार्वजनिक गर्दै आएको छ।

वुडम्यानका अनुसार कम्पनीका यसअघिका मोडल एकै खाले खरिदकर्ताका लागि बनाइएका थिए। तर अब भने कम्पनीले विशिष्टीकृत क्यामराहरु बनाउने र यिनीहरु हिरो र म्याक्सको तुलनामा बिल्कुल अलग प्रकारका उपभोक्ताहरु लक्षित हुने उनले जानकारी दिएको द भर्जले उल्लेख गरेको छ।

प्रकाशित: २२ माघ २०७८, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार