इन्स्टाग्राममा स्टोरी पोस्ट गरेपछि गल्ती भयो? अब डिलिट नगरी सच्याउन सकिने
काठमाडौं ।
इन्स्टाग्रामले प्रयोगकर्तालाई स्टोरी प्रकाशित गरिसकेपछि त्यसमा भएका गल्ती सच्याउन मिल्ने नयाँ सुविधा ल्याएको छ। यस सुविधा मार्फत स्टोरी डिलिट गरेर फेरि पोस्ट नगर्ने आवश्यक परिमार्जन गर्न सकिने भएको छ।
यस अघि स्टोरीमा लेखिएका शब्दमा गल्ती भएमा, गलत म्यूजिक राखिएमा वा अन्य कुनै सामग्री परिवर्तन गर्नुपर्ने भएमा प्रयोगकर्ताले स्टोरी हटाएर सुरुदेखि नै फेरि पोस्ट गर्नुपर्ने बाध्यता थियो।
इन्स्टाग्रामका सीईओ एडम मोसेरीले स्टोरी प्रकाशित भइसकेपछि पनि त्यसमा रहेका अक्षर, म्युजिक, स्टिकर र चित्रहरु सार्वजनिक गर्न सकिने जानकारी दिएका छन्।
यो सुविधा प्रयोग गर्न प्रकाशित स्टोरी खोल्नुपर्ने हुन्छ। त्यसपछि स्क्रिनको तल्लो दायाँ कुनामा रहेको मोर अप्सनमा थिचेर एडिट स्टोरी छनोट गर्नुपर्छ। आवश्यक परिमार्जन गरेपछि त्यसलाई तुरुन्तै सुरक्षित गर्न सकिन्छ।
यस सुविधामा एउटा महत्वपूर्ण समयसीमा तोकिएको छ। स्टोरी प्रकाशित भएको १५ मिनेटभित्र सच्याउन सकिने छ। उक्त समय समाप्त भएपछि भने स्टोरिमा कुनै पनि परिवर्तन गर्न पाइने छैन।