
काठमाडौं ।
फेसबुकको मूल कम्पनी मेटाले बुधबार २० प्रतिशतभन्दा बढी एक्टिभ यूजर घटेको बताएको छ।
कम्पनीले उक्त दिन एप्पलको गोपनीयता नीतिमा परिवर्तन तथा टिक टकजस्ता प्रतिस्पर्धीका कारण आफ्ना यूजर घटेको अभिव्यक्ति पोस्ट गरेपछि उक्त परिमाणमा एक्टिभ यूजरमा कमी आएको रोयटर्सले उल्लेख गरेको छ।
फेसबुकमा विश्वभरबाट दैनिक एक्टिभ यूजर उक्त दिन पहिलो पटक १ अर्ब ९३ करोडबाद्ट घटेर १ अर्ब ९२ करोड ९० लाख मा झरेको थियो।
मेटाले एप्पल आफ्नो अपरेटिङ सिस्टममा गरेको गोपनीयता नीति परिवर्तन गरेकाले विज्ञापनदाता ब्रान्डहरुले फेसबुक र इन्स्टाग्राममा रहेका यूजरलाई लक्षित गरेर विज्ञापन गर्न असहज भएको आरोप लगाएको थियो।
यसबाहेक मेटाले आफ्ना यूजर घट्नुमा आपूर्ति श्रृङ्खलामा आएको गडबडी जस्ता स्थूलअर्थतन्त्रात्मक समस्यालाई पनि कारकाका रुपमा व्याख्या गरेको थियो।
१८ वर्षअघि स्थापना भएको यो टेक जायन्टले हाल आएर टिकटक तथा यूट्युबबाट पनि दबाब झेलिरहेको छ।
यसै हिसाबले कम्पनीले आउँदा त्रैमासहरुमा यूजरको प्रतिस्पर्धाका कारण आफ्नो आम्दानीमा गिरावट आउने आकलन पनि गरेको छ।
फेसबुकले चोथो त्रैमासमा २ अर्ब ९१ करोड दैनिक एक्टिभ यूजर रहेको आँकडा जारी गरेको थियो जुन अघिल्लो त्रैमासको तुलनामा कुनै तलमाथि थिएन।
प्रकाशित: २० माघ २०७८, बिहीबार