ताजा समाचार

१३औँ क्रिएटिभ अवार्डका निर्णायक मण्डल गठन, एआई विज्ञ पनि समेटिए

१३औँ क्रिएटिभ अवार्डका निर्णायक मण्डल गठन, एआई विज्ञ पनि समेटिए
Global IME Bank

नेपाल विज्ञापन संघ (आन) ले रेड बुल १३औँ क्रिएटिभ अवार्ड २०८३ का लागि निर्णायक मण्डल गठन गरेको छ। विज्ञापन, बजार व्यवस्थापन, डिजिटल मार्केटिङलगायत विभिन्न क्षेत्रका विज्ञहरू समेटेर निर्णायक मण्डल गठन गरिएको संघले जनाएको छ।

संघका अनुसार निर्णायक मण्डलको अध्यक्षमा प्रा. डा. विजय कुमारी केसी तथा बाह्य निर्णायकका रूपमा रविन्द्रमान श्रेष्ठ र भारती सिग्देल निरौला रहेका छन्।

यस वर्षको क्रिएटिभ अवार्डका लागि विज्ञापन, बजार व्यवस्थापन, डिजिटल मार्केटिङ र बजार सञ्चारका विभिन्न विधाका विज्ञहरू निर्णायक मण्डलमा समावेश गरिएको छ। त्यसैगरी संगीत, कला तथा साहित्य, ग्राफिक डिजाइन, डिजिटल प्रविधि र वर्तमान समयको उदाउँदो विषय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) लगायत सिर्जनात्मक तथा प्राविधिक क्षेत्रका व्यक्तित्वहरूलाई पनि निर्णायक मण्डलमा समेटिएको छ।

आनको कार्यसमितिको कार्यादेशअनुसार सम्बन्धित विधामा पुर्‍याएको योगदान र विज्ञताका आधारमा निर्णायकहरू छनोट गरिएको विज्ञप्तिमा उल्लेख छ। उनीहरूले अवार्डका लागि प्राप्त मनोनयनहरूको मूल्यांकन गर्नेछन्।

अवार्डलाई मर्यादित, निष्पक्ष, विश्वसनीय र प्रभावमुक्त बनाउन निर्णायक छनोट प्रक्रिया कार्यसमितिको निर्णय प्रक्रियाभन्दा पूर्ण रूपमा अलग राखिएको संघले जनाएको छ। निर्णायक छनोट तथा मूल्यांकन प्रक्रियामा कार्यसमितिका कुनै पनि पदाधिकारी वा सदस्यको संलग्नता नरहेको पनि विज्ञप्तिमा स्पष्ट पारिएको छ।

Sajilo Visa
easy care