एप्लिकेसन

राष्ट्रिय ह्याकाथनको उपाधि बुटवल बहुमुखी क्याम्पसलाई

राष्ट्रिय ह्याकाथनको उपाधि बुटवल बहुमुखी क्याम्पसलाई
सांकेतिक फाइल फोटो
Global IME Bank

राष्ट्रिय ह्याकाथन प्रतियोगिताको उपाधि बुटवल बहुमुखी क्याम्पसको सीएसआइटी एबिएमसी टिमले हात पारेको छ।

सुदूरपश्चिम विश्वविद्यालयमा आयोजित प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै उक्त टिमले नगद रु ५० हजार पुरस्कार प्राप्त गरेको हो। प्रतियोगितामा काठमाडौँ विश्वविद्यालय, स्कुल अफ साइन्सको द मर्ज कन्फ्लिक्ट टिम दोस्रो भएको छ। उक्त टिमले नगद रु २५ हजार पुरस्कार प्राप्त गरेको छ।

त्यस्तै लुम्बिनी प्राविधिक विश्वविद्यालयको पिक्सेल स्क्वाड टिम तेस्रो हुँदै रु १५ हजार पुरस्कार प्राप्त गर्न सफल भयो। प्रतियोगितामा उत्कृष्ट महिला नेतृत्व टिमको पुरस्कार सुदूरपश्चिम विश्वविद्यालय, स्कुल अफ इन्जिनियरिङको टिमले प्राप्त गरेको छ। उक्त टिमलाई नगद १० हजार प्रदान गरिएको आयोजक स्कुल अफ इन्जिनियरिङअन्तर्गत इन्नोभेटिभ कम्प्युटर इन्जिनियरिङ क्लबका सल्लाहकार दिलीप पन्तले जानकारी दिए।

उनका अनुसार उत्कृष्ट प्रस्तुति विधामा लुम्बिनी इन्जिनियरिङ कलेज र उत्कृष्ट क्षेत्रीय प्रभाव विधामा सुदूरपश्चिम विश्वविद्यालय, स्कुल अफ इन्जिनियरिङ टिमले पुरस्कार हात पारेको छ।

सुदूरपश्चिम विश्वविद्यालयको इन्नोभेटिभ कम्प्युटर इन्जिनियरिङ क्लबले आयोजना गरेको प्रतियोगितामा पाँच वटा विश्वविद्यालयका १० वटा टिमबीच प्रतिस्पर्धा भएको थियो।

सहभागीहरु टोलीले ४८ घण्टाको अवधिमा समस्या पहिचान, समाधानको नमूना तयार गरी निर्णायक समक्ष प्रस्तुती गरेका थिए। “टिमले मूल्याङ्कन समक्ष प्रस्तुति दिएपछि उत्कृष्टलाई छनौट गरेर पुरस्कार प्रदान गरिएको हो।” सल्लाहकार पन्तले भन्नुभयो, “यो कार्यक्रम क्लबले हरेक वर्ष आयोजना गर्ने लक्ष्य राखेको छ।” प्रतियोगितामा १० वटा टिमलाई छनौट गरी प्रतिस्पर्धा गराइएको थियो।-रासस

Sajilo Visa
easy care