असोज महिनामा डिजिटल वालेटमार्फत हुने कारोबार रकम बढ्दो
काठमाडौं ।
चालु आर्थिक वर्ष २०८३/८४ को तेस्रो महिना असोज मसान्तसम्ममा नेपालमा डिजिटल वालेटमार्फत हुने कारोबार रकम र सङ्ख्या दुवै बढेको छ।
नेपाल राष्ट्र बैंकले हालै जारी गरेको उक्त अवधिसम्मको मासिक भुक्तानी प्रणाली सूचकमा डिजिटल वालेट मार्फत हुने भुक्तानी कारोबार रकम र सङ्ख्या बढेको हो।
साउन मसान्तबाट भदौ मसान्तसम्म आइपुग्दाको एक महिनामा कारोबार रकम ५० करोड १० लाखले बढेर समग्रमा ४९ अर्ब ९ करोड ५० लाखमा आइपुगेको थियो।
भदौ बाट असोजमा जाँदा डिजिटल वालेट मार्फत हुने कारोबार ६ अर्ब ७३ करोड ३० लाखले बढेर समग्रमा ५५ अर्ब ८२ करोड ८० लाखमा आइपुगेको छ।
यस्तै साउन मसान्तबाट भदौ मसान्तसम्म आइपुग्दा डिजिटल वालेटमार्फत् हुने कारोबार संख्या १५ लाख ११ हजार ८२० ले घटेर ५ करोड १४ लाख ९४ हजार ९४९ पुगेको थियो।
भदौ मसान्त बाट असोज मसान्तसम्म आइपुग्दा भने कारोबार सङ्ख्या ३३ लाख ८८ हजार १७ ले बढेर समग्रमा ५ करोड ४८ लाख ८२ हजार ९६६ मा आइपुगेको प्रतिवेदनले देखाएको छ।