गुगलद्वारा विन्डोज पीसीहरुमा एन्ड्रोइड गेमहरुको परीक्षण शुरु

  • Technology Khabar | ७ माघ २०७८, शुक्रबार
गुगलद्वारा विन्डोज पीसीहरुमा एन्ड्रोइड गेमहरुको परीक्षण शुरु

काठमाडौं ।

माइक्रोसफ्टले बिहीबारबाट विन्डोज पीसीमा एन्ड्रोइड गेमहरुको परीक्षण शुरु गरेको छ।

माइक्रोसफ्टले केही समयअघि विन्डोज ११ मा एन्ड्रोइड एपहरु चल्ने घोषणा गरेको थियो। तर यो फिचर त्यतिबेला डेस्कटप प्लेटफर्मका लागि भने तयार थिएन।

अहिले भने गुगलले अन्तत: यसको पहिलो बिटा भर्सन सार्वजनिक गरेको हो जसमार्फत् हालका लागि केही निश्चित क्षेत्रका प्रयोगकर्ताले गुगल प्ले गेम्समा साइन अप गरेर आफ्ना कम्प्युटरमा १२ ओटा एन्ड्रोइड गेम खेल्न सक्दछन्।

यो फिचर पाउने पहिलो क्षेत्रमा हङकङ, ताइवान तथा दक्षिण कोरिया रहेका छन् । यी देशका यूजरहरुले आस्फाल्ट ९ गार्डेनस्केप्स तथा होमस्केप्सलगायत अन्य स्थानीय रुपमा उपलब्ध गेमहरु परीक्षणका रुपमा खेल्न सक्छन्।

यसका लागि उनीहरुसँग विन्डोज १० २००४ भर्सन वा विन्डोज ११, एउटा अक्टा-कोर प्रोसेसरयुक्त सीपीयू भएको कम्प्युटर, शक्तिशाली जीपीयू, ८ जीबी र्याम र कम्तीमा २० जीबी एसएसडी स्टोरेज उपलब्ध हुनुपर्ने जीएसएमएरिनाले जनाएको छ।

गुगल प्ले गेम्सको मेनु रेगुलर गुगल प्ले स्टोरको जस्तै देखिन्छ तर यसमा गेमम विज्ञापन तथा इन-एप पर्चेजको सुविधा भए नभएको बारे लामो व्याख्या गरिएको हुन्छ। यूजरले एन्ड्रोइडमा नखेलीकन नै प्ले प्वाइन्ट कमाउन सक्छन्।

प्रकाशित: ७ माघ २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Unorganized telephone, internet and TV wires to be managed within two weeks

  • Technology Khabar
  • ७ माघ २०७८, शुक्रबार