भिभोले आफ्नो पहिलो एन्ड्रोइड ट्याबलेट भिभो प्याड ल्याउँदै

  • Technology Khabar | ७ माघ २०७८, शुक्रबार
भिभोले आफ्नो पहिलो एन्ड्रोइड ट्याबलेट भिभो प्याड ल्याउँदै

काठमाडौं ।

स्मार्टफोनको दुनियाँमा फरक स्थान हासिल गरिसकेपछि भिभो अब ट्याबलेट संसारमा प्रवेश गर्दैछ। भिभोले आफ्नो पहिलो एन्ड्रोइड ट्याब्लेट भिभो प्याड लन्च गर्न लागेको छ। भिभोले आफ्नो पहिलो एन्ड्रोइड ट्याब्लेट, भिभो प्याडको लागि युरोपियन युनियन फर इन्टेलेक्चुअल प्रोपर्टी (EUIPO) मा ट्रेडमार्क “भिभो प्याड” दर्ता गरेको थियो।

भिभोले जून महिनामा आफ्नो ट्याब्लेट लन्च गर्न सक्ने बताईएको छ। तर, यसबारे भिभोले कुनै आधिकारिक जानकारी हालसम्म दिएको छैन । तर ट्याबको बारेमा सबै जानकारी र तस्विरहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्।

चिनियाँ माइक्रोब्लगिङ प्लेटफर्म वेबोमा भिभो प्याडको स्पेसिफिकेशन्स भाइरल भइरहेको छ।

भिभोको यो आगामी ट्याब्लेटको ब्याट्री, डिस्प्ले, चार्जिङ फिचर, प्रोसेसर आदि बारे जानकारी पनि लीक भएको छ। एन्ड्रोइड अपरेटिङ सिस्टममा काम गर्ने यस ट्याबलेटमा धेरै नयाँ फिचरहरू देखिनेछन्। टेक एक्सपर्टले भिभो प्याडले शाओमी प्याडसँग प्रतिस्पर्धा गर्न सक्ने बताएका छन् ।

भिभो प्याडका फिचरहरू
टिपस्टरका अनुसार, भिभो प्याड क्वालकमको स्न्यापड्रागन ८७० चिपसेटद्वारा संचालित हुनेछ। जानकारीका अनुसार भिभो प्याडमा पातलो बेजेल र पंच-होल डिजाइन भएको १२० हर्जको डिस्प्ले प्यानल हुन सक्छ। यो ट्याब्लेटमा ८००० एमएएच ब्याट्री हुनेछ र ४४ वाट फास्ट चार्जिङ सुविधा तथा ५जी नेटवर्क सपोर्टको साथ आउन सक्छ।

हाल यस ट्याब्लेटका अन्य सुविधाहरू जस्तै क्यामरा, स्क्रिन आदि बारे कुनै जानकारी सार्वजनिक गरिएको छैन। यस ट्याबमा एलसीडी वा एलईडी डिस्प्ले प्यानल प्रयोग गर्न सकिने बताईएको छ। ट्याबमा डुअल रियर क्यामरा र एलईडी फ्ल्यास फिचर दिइने अपेक्षा गरिएको छ । ट्याब्लेटले ओरिजिनओएसमा आधारित रहेर काम गर्न सक्छ।

बजार मूल्य
यो ट्याब्लेटको मूल्य चीनमा करिब १,९९९ युआनको हाराहारीमा हुनसक्ने बताइएको छ। यस बाहेक, धेरै अन्य अग्रणी स्मार्टफोन निर्माताहरूले आफ्नो ट्याब्लेटमा काम गरिरहेका छन्। भिभोको सब-ब्रान्ड आईक्यूओले पनि ट्याब्लेट लन्च गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित: ७ माघ २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Unorganized telephone, internet and TV wires to be managed within two weeks

  • Technology Khabar
  • ७ माघ २०७८, शुक्रबार